अकस्मात अस्ताए पूर्व शिक्षामंत्री धनिराम पाैडेल

पूर्वशिक्षामन्त्री तथा नेकपाका केन्द्रीय सदस्य ५३ वर्षीय धनिराम पौडेलको निधन भएको खबर अाएकाे छ । विभिन्न सामाजिक संजाल र पत्रिकाहरूमा उल्लेख गरिएकाे समाचार अनुसार अाज विहान वहाँकाे अाफ्नै निवासमा निधन भएको हो ।शुक्रबार बिहान पौने ६ बजे   माडीस्थित आफ्नै घरमा बिहान हृदयघात भएर वहाँकाे देहान्त भएकाे हाे । धनिराम पाैडेल हाला नेकपाका केन्द्रीय सदस्य हुनुहुन्थ्याे । वहाँ दोश्रो संविधानसभा चुनावमा समानुपातिक तर्फका सांसद हुनुहुन्थ्याे। पार्टी अध्यक्ष प्रचण्डको दोश्रो प्रधानमन्त्री कालमा वहाँ शिक्षामन्त्री हुनुभएकाे थियाे । धनिराम अत्यन्तै मिलनसार मितभाषी लाेकपृय र सहयाेगी हुनुहुन्थ्याे ।

वहाँकाे अन्तेष्ठीमा क. प्रचण्ड, बादल, लगायत नेकपा र अन्य पार्टीका शीर्ष नेताहरू सहित व्यापक जनताकाे सहभागिता थियाे ।


क.डि.आर पौडेल काे अन्त्येष्ठीमा सहभागी नेतागण र सर्वसाधारण ।

IME Remittance