म भनिरहेछु

निलिमा पुन

साँझमा टुकी बालेर गणितको गृहकार्य गर्दै थिएँ
तिमीले सुस्तरी भन्यौ– आज राँको बाल्नु पर्छ
मलाई के थाहा राँको बाल्नुको अर्थ
मैले जे सुनेँ, त्यही मानेँ
एउटा बलेको राँको हातमा समातेर हिडेँ
घरदेखि अलि पर डाँडामा पुसगेपछि भन्न सिकेँ
इन्क्लाब जिन्दावाद !
राजतन्त्र मुर्दावाद !

बिहानै खाना खाएर स्कुल जाँदै थिएँ
तिमीले भन्यौ– आज आमसभामा जानु पर्छ
नेताको भाषण सुन्नुपर्छ
मलाई के थाहा आमसभामा जानुको अर्थ
नबुझे पनि भनेको मानेँ
स्कुल ड्रेसमै झण्डा समाएर आमसभातिर हिडेँ
आमसभामा पुगेपछि भन्न सिके–
विद्यार्थी एकता जिन्दावाद !
विद्यार्थीका माग पुरा गर !

वार्षिक परीक्षा आएको थियोे
तिमीले भन्यौ– यो बुर्जुवा शिक्षा हो
म पढ््न छोडेर तिम्रो कुरा सुनेर बसेँ
मलाई के थाहा बुर्जुवा शिक्षाको अर्थ
नबुझे पनि भनेको मानेँ
नियमित स्कुल जान छोडिदिएँ
अनि भन्न सिकेँ–
बुर्जुवा शिक्षा खारेज गर !
जनवादी शिक्षा लागु गर !

शनिबार बिहानै घाँस काट््न हिडेको थिएँ
तिमीले भन्यौ– आज किसान सम्मेलनमा जानु पर्छ,
किसानहरुलाई साथ दिनु पर्छ
मलाई के थाहा सम्मेलनको अर्थ
नबुझे पनि भनेको मानेँ
हँसिया र डोको फालेर म हिडेँ
सम्मेलनमा पुगेपछि भन्न सिकेँ–
किसान एकता जिन्दावाद !
किसान मजदुर एक हौँ !

तीजका बेलामा बेलुकी झोरा गाउनु थियोे
तिमीले भन्यौ– चेतनामुलक झोरा गाउनु पर्छ
महिला अधिकारका गीत गाउनु पर्छ
मलाई के थाहा चेतनामुलक झोराको अर्थ
नबुझे पनि भनेको मानेँ
महिला समानताका गीत गाएँ
अनि भन्न सिकेँ–
सम्पुर्ण महिलाहरु एक हौँ !
सम्पत्तिमा महिलाहरुको समान अधिकार हुनै पर्छ !

गाउँमा पुजा लगाउँदा भजन गाएको सुन्न जान्थेँ
तिमीले भन्यौ– हामीले देवता मान्दैनाँै
हामी भौतिकवादी हौँ
मलाई के थाहा भौतिकवादको अर्थ
नबुझे पनि भनेको मानेँ
पुजा गर्ने ठाउँमा जान छाडिदिएँ
अनि भन्न सिकेँ–
अन्धविश्वास र कुरीतिहरु अन्त्य गर्नु पर्छ !
वैज्ञानिक विचारहरु स्थापित गर्नु पर्छ !

विदेश गएर धन कमाउने ठुला सपना सँगालेको थिएँ
तिमीले भन्यौ, परिवर्तनका लागि आफ््नै देशमा बस्नुपर्छ
हामी सर्वहारा वर्गका पक्षपाती हौँ
सामन्तवाद फाल्नु पर्छ
गणतन्त्र ल्याउनु पर्छ
मलाई के थाहा परिवर्तनको अर्थ
नबुझे पनि भनेको माने
परिवर्तनका लागि भोकै–प्यासै हिडिरहेँ
अनि भन्न सिकेँ–
सम्पुर्ण युवाहरु एक हौँ !
युवा एकता जिन्दावाद !
गणतन्त्र जिन्दावाद !

अझै पनि म भनिरहेछु–
गणतन्त्र जिन्दावाद !
गणतन्त्र जिन्दावाद !

(गणतन्त्र दिवसकाे सन्दर्भमा रचना गरिएकाे )

IME Remittance