जेठ ६ गते ,ककनी ।
नुवाकाेट जिल्लाकाे ककनी गाउँपालिका अन्तर्गत रानीपाैवामा पाेष्टबहादुर बाेगटी कृषी तथा पर्यटन मेला सम्पन्न भएकाे छ । पाँच दिनसम्म चल्ने साे मेलामा जेठ छ गतेका दिनका लागि प्रमुख अतिथी रक्षामन्त्री इस्वर पोखरेल हुनुहुन्थ्यो । साे दिन अर्का अतिथि देव गुरुङ पनि त्यहाँ पुग्नु भएको थियो । पोष्टबहादुर बोगटीको नाममा स्थापित स्मृति प्रतिष्ठानको आयोजनामा सो सांस्कृतिक महोत्सवको नाम पोष्टबहादुर कृषि तथा पर्यटन महोत्सव राखिएको थियो । ककनीको कार्यक्रम निकै आकर्षक भयो । अन्तिममा यसपाली त यस्तै भो आमा भन्ने गीतले कार्यक्रमको बीट मारेकाे थियाे ।