मिडिया काउन्सिल विधेयक राेक्न सभामुखलाइ ज्ञापन पत्र

२०७६ चैत्र ३०, काठमाडाैं । प्रेस स्वतन्त्रता विरोधी प्रावधान राखिएकोमा अापत्ती जनउँदै मिडिया काउन्सिल विधेयक रोक्नका लागि नेपाल पत्रकार महासंघले सभामुखको ध्यानाकर्षण गराएको छ । 

महासंघका अध्यक्ष गोविन्द आचार्य, प्रेस काउन्सिलका कार्यकारी अध्यक्ष किशाेर श्रेष्ठ लगायतका पत्रकारिका क्षेत्रका अगुवाहरूकाे टाेलीले मिडिया काउन्सिलका पदाधिकारी नियुक्ति ,पदच्यूत तथा जरिवानाको व्यवस्था र काउन्सिललाई निर्देशन दिन सक्ने भनी गरिएको व्यवस्थाले काउन्सिललाई पूर्णरुपमा सरकारको नियन्त्रणमा राख्ने नियत पुर्वक विधेयक अाएकाे भन्दै ती व्यवस्था हटाउन जाेडदार माग गरे । 

Image result for कृष्ण बहादुर महरा

मिडिया काउन्सिल विधेयकमा प्रेस स्वतन्त्रता विरोधी प्रावधान नहटाए चरणवद्ध आन्दोलन गर्ने घाेषणा गर्दै महासंघले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता माथि नियन्त्रण गर्ने र अंकुश लगाउने काम नराेकिए अन्तराष्ट्रिय मिडिया मिसन बोलाउने चेतावनी दिँदै आएको छ । 

IME Remittance