नाच्याे फेवा ताल

कहिलेकाही प्रकृति अनाैठाे किसिमले नाच्न थाल्छ । कहिले त्याे नाच भैरब नृत्यकाे रूपमा प्रकट हुन्छ त कहिले त्याे राैद्र रूप लिएर ताण्डव नृत्यकाे प्रदर्शन गर्छ । तर कहिलेकाही त्याे कुमारी नृत्य जस्ताे सुन्दर रूप लिएर पनि प्रकट हुन्छ ।

पाेखराकाे फेवा ताल ।

हिजाे फेवा ताल पनि त्यसरी नै नाचेकाे खवर छ । पाेखरा बाट विक्रम थापाले दिएकाे जानकारी बमाेजिम पाेखरामा हिजाे ठुलाे अाँधी हुरी चल्याे । तर कतै मावीय क्षति भएन । त्याे हुरीले फेवा ताल र बेगनास ताललार्इ निकै बेर सम्म नचाइदियाे । बाटाेमा हिड्ने बटुवालार्इ एकछिन निसासिने बनायाे । उनीहरू पनि सुरक्षित ठाउँमा पुगेर फेवाकाे नृत्य हेरेर बसे ।

अष्ट्रेलिया ब्रिसबनकाे गाेल्डकाेष्ट ।

प्रकृतिकाे खेलसँग न रिसाएर साध्य छ न त्यसकाे पुजा गरेर नै अाफ्नाे कृयाकलाप परिमार्जित गर्छ । त्यसकाे कृयाकलापबाट या त सबैले फाइदा उठाएका हुन्छन या त्यसकाे विनासकारी प्रलयङ्कारबाट सबै मानव जातीले क्षति र विनास बेहाेरेका हुन्छन । कहिले काहिँ साना तिना प्रकाेपमा गरीब बर्गले बढी सास्ती बेहाेरेकाे हुन्छ । ता सुनामी जस्ताे भयावह उफानले भने के धनी के गरिब सबैकाे सत्यानास पारिदिन्छ ।

अष्ट्रेलियाकाे उलङगाेङ्ग काे किनारामा दक्षिणी महासागरबाट अाएका लहर ।
IME Remittance