सांस्कृतिक क्रान्तिकाे जरूरत

( हिजाे राजाले खाए त्यसपछि काँग्रेसले खाए अब पालो हाम्रै हो । )

मार्क्स जयन्तीका दिन काठमाडाैकाे कमलादीमा अायाेजित कार्यक्रमकाे सुरूमै सभा अध्यक्षकाे मन्तव्य दिदै नेता घनश्याम भुसालले सरकार र उच्च तहका नेताकाे कार्यशैली प्रति तीखाे र अाकर्षक शैलीमा व्यङ्ग गरे । उनि यसरी खनिए ः धेरै जसो विद्रोहहरु प्रतिक्रयावादीहरुको दमनमा कुल्चिए ।

आज कम्युनिष्ट पार्टीका नाममा जुन जनमत यो मुलुकमा प्राप्त भएको छ त्यो चानेचुने छैन । उक्त उपलब्धिका हिसाबले भन्दा कुनै पनि किसिमले उत्ताउलो हुने अबस्था छ । कुनै पनि हिसाबले न आत्तिन दिन्छ न मात्तिन दिन्छ । त्यो जिम्मेवारीका साथ हामीले यसलाई हेर्नुपर्नेछ ।

नेपालकै सन्दर्भमा गएको सत्तरी वर्षमा हामी एकपछि अर्काे अस्थिरताबाट गुज्रेर आयौँ । मलुक रहन्छ वा रहन्न भन्नेसम्मको उतारचढाब आए । क्रान्तिकारी, राजनीतिक र इतिहासको आखाँबाट हेर्ने हो भने यो असाध्यै महत्त्वपूर्ण छ । अर्काे पनि आँखा छ । त्यसबाट हेर्दा हिजाे राजाले खाए त्यसपछि काँग्रेसले खाए अब पालो हाम्रै हो ।

पार्टीको नेता, कार्यकर्ता, सदस्य र शुभचिन्तकले कहाँबाट हेर्छन् ? यसले धेरै कुरा निर्धारण गर्नेछ । हामीले इतिहासमा जे नारा लगायौँ, जे लडाई लड्यौँ, जुलुस गर्याैँ, पुलिसको कुटाई–पिटाई यातना सारा कुरा सम्झिने देशभित्रका मान्छेहरु श्रमजीवि मान्छेहरु, श्रम गरेर पनि खान नपाएकाहरु, ती सबैले यो उपब्धिलाई आशाको नजरले हेरेको छन् । इतिहासमा पहिलोपटक नेपालमा संसदीय प्रजातान्त्रिक पद्धतिबाट शक्ति आर्जन गरेको नेकपा छ भनेर उनीहरुले हामीतर्फ आशाका नजरले हेरेका छन् । हामीहरुले पनि यी कुराको उत्तर दिनुपर्नेछ ।……. जुन दिनदेखि पार्टीले आफूलाई जनताभन्दा माथि ठान्यो र नेताले आफूलाई पार्टीभन्दा माथि ठाने त्यहीँबाट क्रान्ति ओरालो लाग्यो । सोभियत संघको हालत त्यही थियो । ऊ आफै अर्थ राजनीतिक हिसाबले कमजोर हुँदै गयो । जब नेताले पार्टी छाड्छ, पार्टीले कार्यकर्ता छोड्छ, पार्टी आन्तरिक रुपमा कमजोर बन्छ । त्यहाँबाट क्रान्ति ओरालो लाग्छ । त्यो सारा इतिहास हामीले हेरेका छौँ ।

अर्काेतिर आफ्नै जिन्दगी हुन्छ । यो संसदीय राजनीतिमा ठूलो हुनका लागि घर अलिकती ठूलो भए, छोराछोरी अंग्रेजी बोल्ने स्कुलमा पढाउन पाए हुन्थ्यो भन्ने  आकाङ्क्षा बढ्दै जान्छन् । त्यस्तै श्रीमतीको पेशा, आफ्नो अगाडि पछाडि हिँड्ने मान्छे, एयरपोर्टमा उत्रिँदा–चढ्दा स्वागत गर्ने मानिस भइदिए म पनि केही गर्न सक्थे होला भन्ने भावना बढ्दै जान्छ । यी सबै उसले क्रान्तिकै लागि गरेको छु भन्ने सोच्छ । एकातिर आफ्ना व्यक्तिगत समस्या छन् भने अर्कातिर ती मान्छेसँग भेट हुन्छ जोसँग पहिलै यति धेरै समाधान छ की तपाईंले आँखा मात्र झिम्क्याउँदा  तपाईंको समस्या हल हुन्छ । यो क्रममा जसले एकपटक झिमिक्क गर्याे सकियो । एकपटक त्यो क्रान्तिकारीले होस गुमाएपछि फर्केर आउँदैन ।

त्यसपछि आफ्नो कानूनी हिसाबले बच्नको लागि अदालत ठीक गर्नुपर्छ । त्यहाँ आफ्ना खल्तीका न्यायाधीशहरु हुन्छन् । अब कर हाकिम आफ्नो चाहियो । भन्सार हाकिम आफ्नो चाहियो । आफूले भने जस्तो टिप्पणी उठाउने कर्मचारी चाहियो । सबै जम्मा हँुदै जान्छन् । अख्तियारमा लोकमान चाहियो । वा त्यस्तै अर्काे मान्छे चाहियो ।

यसरी अब पार्टी, अदालत र अख्तियारलाई खास मौकामा काँध थाप्न केही मिडिया चाहिन्छन् । यो दलाल पूँजीवादी राज्यको गठबन्धन बन्छ र तल विचरा क्रान्तिकारीहरुले हाम्रै पार्टी ठूलो छ, हाम्रै नेता विशाल छ भनेर नारा लगाउँदै रहन्छन् । पार्टीभित्र भने नयाँ वर्ग जन्मिसकेको हुन्छ । क्रान्ति त्यसैले खान्छ । हामी जुन दलाल पूँजीवाद भन्दैछौँ त्यो दलाल पूँजीवाद होइन ।

यो प्रश्न मुलतः वैचारिक हो । मान्छेले भन्छन् कहिलेकाँही दिक्क पनि लाग्छ  । कतिपय मानिसहरु कम्युनिष्ट पार्टीका सदस्य छन् जो मार्क्सवादले के हुन्छ भनेर लेख्छन्  फेसबुकमा । यस्तो फौज तयार गरेर अब क्रान्ति, समाजवाद र समृद्धि धेरै गाह्रो छ ।

राजा वीरेन्द्रले एशियाली मापदण्डको कुरा गरे । पढ्दा एशियाली मापदण्डको कुरा राम्रै छ । हरेक नेपालीको आहरा २२ सय क्यालोरी पुर्याउने, यस्तो खाना खाने भनेर सबै व्याख्या गरेर तिनले ल्याएका थिए । तर तिनी जता जाँदै थिए, जे भन्दै थिए, त्यसमा ठूलो ग्याप थियो । हामी आज त्यस्तै भन्दैछौँ ।

हामीले जे गर्दैछौँ, यो व्यवहारमा पुष्टि हुनुपर्याे । यो मान्छेको लागि हुनुपर्याे । मान्छेको मात्र कुरा गर्दा हामी सबै धनी हुने कुरा गर्दैछौँ । आज नेपालमा सबैभन्दा पहिले धनी बनाउनुपर्ने को हो ? रोजगारी दिलाउनुपर्ने को हो ? उत्पादन बढाउनुपर्ने को हो ? अनि सबै धनी हुन्छन् ? यो कुनै अर्थशास्त्री वा दार्शनिकले भन्न सक्छ ? त्यसैले यो विचारको प्रश्न हो ।

विचारको प्रश्न भनेको अरु केही होइन । तपाई कहाँ उभिएर हेर्नुहुन्छ भन्ने हो । कुरा महिला र पुरुषको हो भने तपाई कहाँ उभिनुहुन्छ ? दुवैको मध्ये कसैको पक्षमा कसैले भन्यो भने त्यो आधा दलाल पुँजीवाद हो भन्छु । यदी कम्युनिष्ट पार्टीले म महिला, दलित र गरिबको पक्षमा छु भन्न सक्दैन भने हामीलाई किन चाहिन्छ यो सबै ?

हरेक ठाउँमा नारा छ, म भ्रष्टचार गर्दिन, भ्रष्टाचार हुन दिन्न । राम्रो कुरा हो तर अरु संयन्त्रले के गर्दैछ ? तल व्यवहारमा के हुँदैछ ? बासुकी नागको फोटो टाँसेर म सर्पबाट सुरक्षित भए भने जस्तै हो यो ।

तर सम्भावना नै छैन त ? होइन । आज हामी असाध्यै राम्रो ठाउँमा छौँ । ठूलो जनमत वाम पक्षमा छ । धेरै ठूलो कुरा हो यो ।

हामी कस्तो अवस्थामा छौँ भने एउटा ठूलो युद्धको व्यवस्थापन गरेर आएका एकातिर, अर्कातिर भोट दलाली भए पनि हरेक घरमा गएर हरेक व्यक्तिलाई रिझाएर भोट लिँदै आएका नेता कार्यकर्ताहरुको एउटा ठूलो जमात छ । अलि माथिबाट हेर्दा संविधानमा समाजवाद लेखिएको छ यो चानेचुने कुरा होइन ।

अब पहिलो काम पार्टीभित्र र संगठनभित्र पनि पहिला सत्यनिरुपण गरौँ । को के धरातलमा छौँ र हाम्रो जीवन कसरी चलेको छ भनेर सत्यनिरुपण गरौँ । कानूनी हिसाबले कम्युनिष्ट पार्टी नैतिकताको धरातलमा उभिएको छैन तर कानूनी हिसाबले ठिकै देखिन्छ भने बरु मेलमिलाप गरौँ । साह्रै अपराधी हो भने त्यसलाई दण्ड दिने व्यवस्था गरौँ । एकपटक पार्टीमा यो छलफल सुरु गरौँ ।

क्रान्तिको कतै केन्द्र त हुनुपर्छ होला ? सबै ठाउँमा रहेका हाम्रा मान्छेहरु पूँजीवादसँगको अन्तरविरोधमा वाकिफ छन् भने क्रान्ति अगाडि बढ्छ । यदि त्यसमा वाकिफ छैनन् भने क्रान्ति मौन छ वा आत्मसमर्पण गर्दै छ । यो क्रान्तिले आत्मसमर्पण गर्नुहुँदैन भन्ने फेरि एकताबद्ध हुनुपर्छ । छलफल चलाउनुपर्छ र बाटो निकाल्नुपर्छ । त्यसो गर्दा पहिले सत्यनिरुपण होस् पछि मेलमिलाप गरौँला ।

जतिमाथि जान्छ त्यो कमिटी अनुशासनमा त्यति कडा हुनुपर्ने व्यवस्था कम्तिमा गर्नुपर्याे । कमसेकम सचिवालयका मानिसहरु यति गर्छन् वा गर्दैनन् भनेर त थाहा हुनुपर्ला नि ? कि त्यति पनि थाहा हुनुपर्दैन ? कमसेकम स्ट्यान्डिङ कमिटीमा जाँदा यो समाजवादी हो भन्ने खालको व्यवस्था गरौँ । संगठनमा विधानमा त्यो व्यवस्था गर्ने हो भने हामी क्रान्ति बचाउँछौँ । नत्र या त समाजवाद या त सत्यानाश । हामी सत्यानाश नरोज्ने हो भने कमरेडहरु दिमाग खुला गरौँ । मार्क्सले भने जति दिमाग खुला गरौँ । दुनियाँका अगाडि सबैलाई हेरौँ । समग्रतामा वस्तुनिष्ठ ढंगले मूल्याङ्कन गरौँ र क्रान्ति मर्न नदिउँ ।

This image has an empty alt attribute; its file name is Jhalanath-Jeevan.jpg

कार्यक्रममा बाेल्दै नेकपाका बरिष्ट नेता झलनाथ खनालले नेता कार्यकर्ताकाे संस्कारमा परिवर्तन ल्याउनु पर्ने कुरामा जाेड दिनु भयाे । छ बुँदे मन्तव्यमा वहाँले सबैकाे सांस्कृतिक अार्थिक र सामाजिक संस्कारमा व्यापक सुधार ल्याउनु पर्नेमा विशेष जाेड दिनु भएकाे थियाे ।

This image has an empty alt attribute; its file name is prachanda2.jpg

त्यसै गरी नेकपाका अध्यक्ष प्रचण्डले अाफु जस्ताे सुकै त्याग गर्न पनि तयार रहेकेा कुरा बताउनु भएकाे थियाेे । अाबश्यक परे फेरि जंगल पस्न पनि तयार हुन्छु भन्ने कुराले दर्शक दीर्घा तातेकाे थियाे ।

IME Remittance