काठमाडौं ,चैत्र २६ । राताेलालटिन साहित्यिक त्रैमासिक पत्रिकाकाे अायाेेजनामा २०७५ साल चैत्र २६ गते रक्तिमकाे समिक्षा तथा सांस्कृतिक कार्यक्रमकाे अायाेजना गरिएकाे छ । कार्यक्रममा जनगायक जीवन शर्माले रक्तिमकाे इतिहासकाे संक्षिप्त सिंहावलाेकन गर्नु भएकाे थियाे । कार्यक्रममा बाेल्दै जीवन शर्माले भन्नुभयाे ः
“पुराना सामन्ती संस्कार र परम्परा एवं संशाेधनवादी बिचारहरुका बिरुद्धमा सर्वहारा सांस्कृतिक आन्दोलन सन्चालन गर्न महान सर्वहारा सांस्कृतिक क्रान्तिकाे अालाेकमा हामीले २०४३ चैत्र २६ गते रक्तिम परिवारको स्थापना गरेका थियौ । त्यस पछि यसले अनेकाैं अाराेह अवराेह पार गर्दै संसार भरि अाफ्नाे गतिविधी संचालन गर्न सफल भएकाे छ । ” ।
रक्तिम सास्कृतिक अभियानका संस्थापक जनगायक जीवन शर्मा लगायतका रक्तिम हस्तिहरुले रक्तिमका बारेमा गम्भीर समीक्षा गरेका छन । चैत्र २६ गते रक्तिम स्थापना भएको दिन हो । २०४३ चैत्र २६ गते जनगायक जीवन शर्मा लगायतका ९ जना सास्कृतिककर्मिहरुले काठमाडौंको घण्टाघरमा रक्तिम सास्कृतिक अभियानको स्थापना गरेका थिए । ३२ औ स्थापना दिवशका दिन २०७५ चैत्र २६ गते ” रातो लालटिन साहित्यिक पत्रीका “ले काठमाडौंमा आयोजना गरेको ” रक्तिमको समीक्षा तथा साङ्गितिक कार्यक्रम ” मा बोल्दै रक्तिमका हस्तिहरुले रक्तिम बारे गम्भीर समीक्षा गरेका हुन ।
कार्यक्रममा बोल्दै अर्का हस्ती नारायण शर्माले सर्वहारा सास्कृतिक आन्दोलनको स्पिरिट बमाेजिम नेपाली जनसांगितिक अान्दाेलनलार्इ अझै उचाइमा उठाउनु पर्ने अावश्यकता रहेकाे कुरा व्यक्त गर्नु भयाे । साे कार्यक्रममा बाेल्दै युवाहरू दिवस पाैडेल। युवराज अाचार्य , सागर कुँवर नारायण दंगाल लगयतका बक्ताहरूले रक्तिम आफ्नो स्थापनाकालको उक्त मुल स्पिरिडमा सदा अडिक भैराख्नु पर्ने कुरामा जाेड दिनु भएकाे थियाे ।
जनमुक्तिको महाअभियानमा अनेकनखालका काढेतारहरुको बार आइलाग्ने भएतापनी जनसास्कृतिक कर्मीहरू विचलित नभै अगाडि बढ्नु पर्ने कुर उहाहरूले बताउनु भयो । रक्तिम सांस्कृतिक अभियानको क्रान्तिकारी छवि, धार र इतिहासलाइ मेटाउन खोज्नेहरु अन्ततः आफै मेटिएर जाने बिस्वास व्यक्त गर्दै श्रमजीवी जनताको मुक्ती अभियानमा डटिरहेका रक्तिम योद्धाहरुलाई निर्भिक भएर अघि बढ्न आवहान गरेका थिए । कार्यक्रममा बोल्दै जनगायक शर्माले रक्तिम स्थापना कालको सस्मरण समेत सुनाउनु भएको थियो ।
रक्तिमकाे संक्षिप्त समिक्षा पश्चात रक्तिमका हस्तिहरुले क्रार्यक्रममा आफ्ना सास्कृतिक प्रस्तुतिहरु समेत प्रस्तुत गरेका थिए । कार्यक्रममा जनगायक जीवन शर्माले ” म निर्धाको गाथा बोकेर” लगायतका गित प्रस्तुत गर्नु भएको थियो । जनगायिका निलिमा पुनले ” आँसु झार्दै आखाबाट” बोलको गित सास्कृतिक योद्धा दलबहादुर बिकले ” पाखुरी यिनैहुन” बोलको गित लक्ष्मी रिजालले ” समय सङ्सम्झौता होइन संघर्ष गर संघर्ष ” बोलको गित प्रस्तुत गरेका थिए । कलाकार नारायण दङ्गालले आफुले जनगायक जीवन शर्मालाइ भेट्न जिवनमा गरेको संघर्षलाई वर्णन गर्दै तयार पारेको ” तिमिलाइ भेट्न पाहाड पुगे पुगे तराइ सम्म ,,” बोलको गित प्रस्तुत गर्नु भएको थियो । रक्तिमका हस्तीहरु डम्मर भण्डारी , र जनपृय कलाकार विमा पुन , राजु गिरी ,विमल पाण्डे, प्रतिभा शर्मा अनु आचार्य र केशब राना लगायतका कलाकारहरुले कार्यक्रममा बेजोड नृत्य समेत प्रस्तुत गरेका थिए ।
रक्तिमकी हस्ती एवं रातो लालटिन पत्रीकाकि ब्यवस्थापक निलिमा पुनको अध्यक्षतामा अघि बढेको सो कार्यक्रमको सन्चालन प्रगतिशिल पत्रकार सङ्घ नेपालका अध्यक्ष एवं रक्तिम सास्कृतिक अभियानका एक अभियान्ता नारायण शर्माले गर्नु भएको थियो । कार्यक्रममा यवा, विद्यार्थी एवम बुद्धिजीवीहरूकाे सहभागिता थियाे ।
अन्तमा विविध सांगीतिक कार्यक्रम सहित रमाइलाे वातावरणमा कार्यक्रम समापन भएकाे थियाे ।