बाराकाे हावा हुरीग्रस्त क्षेत्र

हावा र हुरीले विध्वंस मच्चाएकाे बारा जिल्लामा विभिन्न पार्टीका नेताहरू मन्त्रीहरू राहत सामाग्री सहित जाने क्रम जारी छ । प्रधान मंत्री सहित अन्य मंत्रीहरू त्यहाँ पुगेर सान्वना दिएर फर्केका छन । अन्य पार्टीका नेतागण पनि त्यहाँ पुगेर राहत वितरण गरिरहेका छन ।

 राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापा बारा र पर्साका हावाहुरी पीडितका लागि राहत बोकेर हेटौंडाबाट आज कलैया पुगेका छन् । 

त्यसै गरेर धुर्मुस सुन्तली फाउन्डेसन ले पनि त्यहा पुगेर राहत वितरण गरेकाे छ ।

नेपाल रेडक्रस सोसाइटी झापाले बारा र पर्सामा हावाहुरीका कारण भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै तत्काल रु ५० हजार सहयोग गर्ने घोषणा गरेको छ । 

 नेकपा अध्यक्ष प्रचण्ड पनि आँधीहुरी प्रभावित बारा र पर्साको निरीक्षणमा निस्केका छन् । आँधुीहुरीले क्षत विक्षत बारा र पर्साको अवस्था बुझ्न प्रचण्ड अाज त्यसतर्फ जान लागेका हुन् ।

IME Remittance