विदेश गएका कामदार नेपालीका समस्या सुन्न सीधै श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले मन्त्रालयभित्रै कल सेन्टर स्थापना गरेको छ। रोजगारीको क्षेत्रमा ठगी, अलपत्र, स्वास्थ्य, जेल जीवन अादि समस्यामा परेका , न्यायको खोजीमा रहेका र पीडित भएर घर फर्कन चाहने कामदारले आफ्ना समस्याराख्न र निसुल्क कानुनी सेवा समेत पाउन याे कल सेन्टरले मद्दत गर्ने छ ।
याे कामकाे लागि विभागीय प्रमुखलाई जिम्मेवारी दिइने छ । कल सेन्टरको उद्घाटन गर्दै श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले गुनासो टिपाएको क्षणभरमै सम्बन्धित अधिकारीहरुले सूचना पाउनेछन । त्यसलाई यथा सक्य छिटाे कार्वहीकाे प्रक्रियामा लगिने छ । यसकाे लागि स्वदेशभित्रबाट फोन गर्दा शुल्क लाग्ने छैन। वैदेशिक रोजगार प्रवर्द्धन बोर्ड सचिवालयले व्यवस्था गरेर याे कल सेन्टर सञ्चालनमा ल्याइएको हो।
कल सेन्टरको सम्पर्क नम्बरः ११४१, १६६००१५०००५ र ००९७७१५९७००८ रहेकाे छ ।
कल सेन्टरको स्थापना र सञ्चालन गरिएको सम्बन्धमा प्रेश विज्ञप्ती



