नेपालकाे शिक्षा क्षेत्र अनियमितता र गैरजिम्मेवारीकाे पराकाष्ठामा पुगेकाे कुरा प्रश्न पत्र सार्वजनिक भएकाे कुराले अरू पुष्टी हुन गएकाे छ । यसै सन्दर्भमा प्रहरी अनुसन्धान टाेलीले छानविन सुरूगरेकाे जनाइएकाे छ । तर विगत जस्तै प्रहरी छानवीन कति प्रभावकारी हुने हाे हेर्न बाँकी छ ।
प्रदेश २ अन्तर्गत सप्तरीबाट विज्ञान विषयको प्रश्नपत्र बाहिरिएको आशङ्का छ । प्रहरी उपरीक्षक राजेन्द्र विष्टका अनुसार घटनाको सत्यतथ्य खुल्ने छ ।
विज्ञान र सामाजिक विषयको प्रश्नपत्र पहिले नै बजारमा अाएपछि शिक्षा मन्त्रालयले प्रदेश २ मा आजदेखिका सबै विषयको परीक्षा स्थगित गर्न राष्ट्रिय परीक्षा बोर्डलाई निर्देशन दिएको थियाे।