रूकुमकाे सिम्रुतु भन्ने ठाउमा विरामी लिन गएकाे हेलिकप्टर हेर्न जनसमुहकाे भीड लागकाे छ । नेपालका दुर्गम जिल्लाहरूमा अझैसम्म पनि जनता हेलिकप्टर र प्लेन देख्दा तिन छक पर्ने गर्छन । ती जनता माझ अाधुनिक युगका यातायातका साधन कति अाकर्षणका बस्तु हुन्छन भन्ने कुरा यसले प्रष्ट पार्दछ । विश्वका मानिस अन्तरिक्ष यानमा सयर गरिरहेकाे जमानामा नेपाली जनता मानव जातीले उपयाेग गरिरहेकाे सामान्य यातायातका साधनबाट पनि यसरी बञ्चित हुनु परेकाे अवस्था छ । भाेक राेग गरिवी र अशिक्षाकाे मार उत्तिकै छ । नेपालका दुर्गम क्षेत्रका जनताकाे याे हालत कहिले सम्म यस्तै हुने हाेला ?