महिला श्रमिक दिवस

२०७५.११.२४

आज महिला दिवस । फेसबुकका पाना सबै महिला दिवस सम्बन्धी स्टाटसले भरिएका छन । यसै सन्र्दभमा आज खिमा पुनकोे स्टाटसमा क्रान्तिकारी महिलाहरुको इतिहास सम्बन्धी हस्तबहादुर केसीको लेख राखिएको रहेछ । लेख कामलाग्दो र तथ्यपरक छ । मानव समाजको विकाशको क्रममा विभिन्न काल खण्डमा विभिन्न प्रकारका सामाजिक सत्ताहरुको अभ्यास हुदै आएको छ । मातृसत्तात्मक समाजमा पुरुषहरुको हक अधिकारको स्थिति के थियो त्यो अनुसन्धानको विषय हो । अहिले पितृसत्तात्मक समाजमा भने महिलाहरु दोहोरो मारमा परेर उत्पीडित छन । एकातिर पुरुषसँगै बर्गीय मार पनि सहनै परेरको छ । अर्को तिर पुरुषबाटै लैंगिक हिंसाको मार पनि खेपिरहेकै हुन्छन । यति हुँदा हुदै पनि नारी हृदय प्रेम, क्षमा र बीरताको अपार सागर जस्तै हुन्छ । प्राणी जगतमा सृष्टीको प्रमुख भुमिका नारी कै हुनु को स्वाभाविक चरित्र यसलाइ मान्न सकिन्छ । अाज दिउसाे प्रज्ञा प्रतिष्ठान कमलादीकाे हलमा नेपाली साहित्य संसारकाे अायाेजनामा कविता पाठ तथा पुरस्कार वितरण कार्यक्रमा सहभागी भइयाे । कार्यक्रममा कवि राम प्रसाद ज्ञवाली लगायतका कविहरूले कविता पाठ गरेका थिए । कवि माया देवी ठकुरी लगायत का कविहरूलार्इ पुरस्कार दिइएकाे थियाे । त्यस पछिकाे मेराे पाइला ठमेलततिर सराे । त्यहाँ राताे लालटिनकाे अलिकति काम थियाे । बेलुका तिर हिरा केसी संग भेट्ने काम थियाे । वहाँसँग अनामनगरमा भेटेर केही महत्वपूर्ण सल्लाह गरेर अबेर काेठामा फर्केँ ।

प्रज्ञा हल कमलादीमा उपस्थित कविहरू ।

IME Remittance