जीवन शर्मा अाजकल के गर्दैछन । व्यापक चासाेकाे विषय बनेकाे ले याे सामाग्री प्रकाशित गरिएकाे छ ।
मेरो जीवनको कहानी
(दोस्रो अध्याय)
२०७५.११.११
आज म रुकुम जिल्लाको चौरजहारी आइपुगेको छु । आजै देखि मैले दैनिकी सुरु गर्ने मन गरेको छु । हुन त मेरा यस्ता तरंग समुद्रको छाल जस्तै उठ््ने र हराउने भैरहन्छन । फेरि पनि यस्तोे रहर मेरो बेला बेलामा उठिरहन्छ । अनि फेरि लेखन प्रकृया अघि बढ््न थाल्छ । यस्तै हुदैगइरहेको छ जीवन भर । अहिलेको यो क्रम पनि कहाँ गएर टुंगिने हो थाहा छैन । अब त जिन्दगी झन हलुंगो भएको महशुस भएको छ । बेगिदै बेगिदै जहाँ पुग्छु त्यही रमाउँछु । लेख्न मन लागे लेख्ने छु , मन नलागे समाज र प्रकृतिको अवलोकन गरेर समयको सदुपयोग गर्ने छु ।
रक्तिम सांस्कृतिक अभियानको औपचारिक जिम्मेवारीबाट अलग भएपछि मेरो जीवन यात्रा अलि पेचिलो र तीब्र गतिका साथ अघि बढ््न थाल्यो । यही क्रममा यो महिनाको एक गते देखि आज ११ गते सम्म आइपुग्दा क्षण वितेको पत्तै भएन । संघर्षमय जीवन र आँधीमय यात्राका यी बाह्र दिनहरु कसरी विते । यसैपनि सुरम्य थियो जिन्दगी , झन उचाइमा उठेको अनुभुति बटुल्दै डुलिरहेको छु । अब जिवनको रस फरक ढंगले पिउदै जाने अभ्यास गरिरहेको छु ।
हिजो दाङ जिल्लाको हापुरेमा एउटा साहित्यिक कार्यक्रममा सरिक हुने मौका मिल्यो । दाङ निवासी श्री प्रमोद धितालको विशेष सकृयतामा सम्पन्न सो कार्यक्रम निकै भव्यताका साथ गर्ने योजना बनेको थियो । हिजै पाँच नम्बर प्रदेशका सांसद उत्तर कुमार ओलीको निधन भएको हुनाले त्यो कार्यक्रम पर सारियो । फेरि यसै महिनाको अन्त्य तिर झन भव्य रुपमा सम्पन्न गर्ने योजना बनेको छ ।
यस अघिका दिनहरु विशेष खालका थिए । फागुन १ गते बृहत सांस्कृतिक कार्यक्रममा सहभागी भए पछि म पोखराबाट देश दौडाहामा निस्केको थिएँ । भालिपल्ट फागुन २ गते स्याङ््जा जिल्लाको वालिङ वजारमा पुगेर सांगितिक समारोहमा सहभागी भइयो । त्यसको भोलपल्टै बाग्लुङको बलेवामा त्यस्तै समारोह थियो । त्यसमा भाग लिएर सांझ पोखरा आएर बास बसियो । भोलिपल्ट विहानै बुटवल पुगेर दीप बोर्डिङ स्कूलमा कार्यक्रम प्रस्तुत गरियो । त्यसै दिन दिउसो फेरि सैनामैना स्कूलमा गएर विशेष सांगितिक कार्यक्रम प्रस्तुत गरियो । फागुन पाँच गते फेरि दीप इङ््लिस स्कुल मै कार्यक्रम प्रस्तुत गरेर इमिलिया तिर लागियो । कपिलवस्तु जिल्लाको चार नम्बर मा गएर माधव जी संग भेट भए पछि भरत जी हामीबाट छुट््टिएर घरतिर लाग्नु भयो । हामी त्यहिदिन इमिलिया गएर कार्यक्रम प्रस्तुत गरेर विजुवार गएर वास वसियो । विजुवारमा गीत गाएर त्यही दिन हामी भालुवाङ बास बस्न आइपुगियो । भोलिपट फागुन ८ गते भालुवाङमा प्रोग्राम दिएर हाम्रो यात्र सल्यान तिर सोझियो । बाटामा शसिधर भण्डारी भेटिनु भएको थियो । उहाँ सँग घोराही सम्म पुगेर विदावादी भयौं । घोराहीमा अफगानिस्तानबाट आउनुभएका मेघराज भट््टराई संग भेट््ने सल्लाह थियो । घोराहीको एउटा होटलमा हामी करीव एक घण्टा कुराकानी गरेर खाना खाइवरि हामी सल्यान तिर हानियौं । सल्यानको विभिन्न ठाउको अवलोकन गर्दै हामी खलङ््गामा सानो कार्यक्रममा सरिक भइयो र तल झरेर रुकुमको सोलावाङ पुगेर त्यो दिनको यात्रा त्यही रोकियो । निकै थाकिएको थियो । केही समय पछि रुकुमको सिम्लीबाट साथीहरु आइपुग्नु भयो । संगै खाना खाएर त्यो रात त्यहाको एउटा होटलमा वास बसियो । भोलिपल्ट सिमली भन्ने ठाउँमा प्रोगाम थियो । त्यहा कार्यक्रम सकेर राती सल्यान जिल्लाको थारमारे बास बस्न आइपुगियो । भोलिपल्ट फेरि सल्यानकै श्रीनगरमा केहि क्षण विताएर खलङगाको कार्यक्रममा सहभागी भएर हापुरे तर्फ लागियो । हापुरे बाट आज यहाँ रुकुमको चौरझारी आइपुगेको छु । भोली यहा सांगीतिक कार्यक्रम प्रस्तुत गरेर बाँके जिल्लाको खजुरा पुग्ने योजना छ । त्यस पछि के के हुन्छ लेखदै जानेछु ।
सुन्दर विहानी
२०७५ फागुन १३ ,चौरजहारी, रुकुम
आज चौरजहारीको वातावरण अति नै सुन्दर देखियो । राती पानी पर्ला जस्तो गरेको थियो । विहान हेर्दा आकास सफा थियो । वारिपारि सबैतिर दृष्यहरु छर्लङै सफा देखिए । सात बजेतिर यहाका एफएमका साथीहरु आए । रेडियोमा गएर अन्तर्बार्ता दिइयो । त्यस पछि नगरपालिकामा गएर हामीले चौरजहारीका मेयर विशाल शर्मा, उपमेयर राधा रोका र अन्य कर्मचारीहरु सँग भेटघाट भयो । सांस्कृतिक आन्दोलनका बारेमा एक छिन अनौपचारिक छलफल भयो । दिउसो ३ बजे मञ्चमा पुगेर सांगितिक कार्यक्रम प्रस्तुत गरियो ।
विवाह र संस्कार
२०७५.११.१४
चौरझारीको कार्यक्रम सकेर विदाबादी हुँदै हामी जाजरकोटको मटेला तर्फ लाग्यौँ । मटेलाबाट गाडी चडेर ठाउँठाउँका खाल्डाखुल्डी पार गर्दै राती ११ बजे तिर छिन्चु आइपुगियो । त्यहाँ आइपुग्दा सुर्खेतबाट साथीहरुआएर कुरिरहनुभएको थियो । जीवन शाही वहाँकी श्रीमती र किरण शाही सँग भेटेर बबईमा पुगेर खाना खाइयो । बाटोमा खासै कुराकानी भएन । वहाँहरु वाइकमा हुनुहुन्थ्यो । हामी गाडीमा थियौं । राती १ बजेतिर कोहलपुर किरण शाहीको घरमा आयौँ । त्यहाँ पनि खाना पाकेको रहेछ । लगभग भोक लागिसकेको रहेछ । फेरि खाना खान बसियो । खादा खाँदै उज्यालो भयो । एकै छिन सुतेजस्तो गरेर हामी उठियो र चियासिया खाएर खजुरा तिर लागियो ।
खजुरामा रक्तिम सांस्कृतिक अभियानका पूर्व सचीब मानबहादुर भण्डारी हुनुहुन्छ । आज वहाँ की छोरी दीपाभण्डारीको विवाह समारोह भएकोले होहलपुरका केही साथीहरुसँग भेट हुँदै खजुरा पुगियो । त्यहाँ पुग्दा विवाह मण्डपका ग्रहशान्तिको परम्परागत पूजापाठ चलिरहेको थियो । मानबहादुर भण्डारीका बा आमा त्यसमा सकृय हुनुहुन्थ्यो । परम्परागत तरिकाले विवाह गर्नुपरेकोमा मानबहादुर जी खिन्न देखिनुहुन्थ्यो । यस्तो बेलामा प्राय हामीलाई आफन्त हरुले नै अप्ठारोमा पार्ने र्गछन । समाजिक जीवनमा सधैं आफुले शोचे बमोजिम चल्न सकिदैन । मानबहादुर जी की छोरीको विवाहमा पनि यही बाध्यता उपस्थित भएको रहेछ । हामीले वहाँलाई शान्त्वना दियौ । विवाहको बाजातालमा धोको पुराएर नाचियो । दिनभरि यसरी नै वित्यो । साँझ खाना खाएर सुत्यौ ।
अँध्यारो दिन
२०७५.११.१५
आज विहानै देखि पानी परिरहेको थियो । बेलाबेलामा चट््याङको आवाज पनि सुनिन्थ्यो । जीवन शाही र म मानबहादुर जी को ससुराली घरमा सुतिरहेका थियौ । चिया खाएर जीवन शाही सुर्खेत तिर लाग्नु भयो । पानी परिरहेकै थियो । मानबहादुर जीले एक्कासी सारै दुखद खबर सुनाउनु भयो । रवीनद्र अधिकारी सवार हेलिकप्टर दुर्घटनामा प¥यो । समाचार पत्याउन गारो भयो । के हो यो ? पत्याउने कि नपत्याउने ?एकै छिनमा सबै तिरबाट समाचारको आइरो लाग्न थाल्यो । बाध्य भएर फेसबुकमा स्टाटस लेखेँ ः अलविदा कमरेड रवीन्द्र !! रवीनद्र अधिकारी र मेरो धेरै पुरानो मित्रता थियो । मलाई सारै मन पर्ने साथीहरु मध्यको वहाँ पनि एउटा हृदयको साथी हुनुहुन्थ्यो । क्याम्पस जीवनैदेखि नै वहाँ र मेरो साथीत्व विकशित हुँदै गयो । त्यो अन्तसम्म यथावत रह््यो । आज एक्कासी वहाँको दुखद खवर आउदा पत्याउनै गारो परिरहेको छ । तै पनि यथार्थ जति नै तीतो भएपनि पिउनै पर्ने रहेछ । केही समय पहिला काठमाडौमा वहाँको निवासमा रवीन्द्र अधिकारी र मेरो एउटा सानो सल्लाह भएको थियो । हाम्रो गाउँमाथिको अग्लो डाडो मा पर्यटकीय विकाशको लागि त्यहाँ जाने र अध्ययन गर्ने । अर्को साल केहि बजेट पनि छुट््टाउला भनेर आश्वस्त पनि पार्नु भएको थियो । अब ती सबै कुरा त हराए हराए , देशले एउटा राष्ट्र भक्त नेता गुमायो । नेपाललाई यसले ठुलो क्षति पुराएकोछ । रवीन्द्र अधिकारी अब सम्झनामा मात्र बाँकी रहनुभयो । एक दिन सबैको गन्तव्य त्यतै नै हो । तर वहाँले राष्टलाई धेरै दिन सक्ने उमेर र क्षमता बाँकी नै थियो । अब वहाँबाट हुनसक्ने सबै सम्भावना समप्त भए । वहाँको जीवन अकाल मै सकियो । पश्चाताप बाहेक अब केही बाँकी रहेन । वहाँ कै दुर्घटनाका समाचार सुन्दा सुन्दै दिन वित्यो । आज साँझ पनि मानबहादुर कै घरमा विताउने भइयो । भोलि बर्दिया जानु छ । आजको दिन सबै किसिमले कालो अध्यारो दिनको रुपमा सझिरहने दिन बन्यो ।
बर्दियातिरको यात्रा
२०७५.११.१६
पूर्व जाने कि पश्चिम जाने अलमल अलमल थियो । बर्दियाबाट फोन आयो ः सर, आज शोकविदा हुने भयो । भोलिको कार्यक्रम नरोकिने भयो आउनु परो एतै । एकराज सर र मेरो काठमाडौको अनामनगरमा पहिलो पटक भेट भएको थियो । तेतीबेलै कार्यक्रम निश्चित भएको थियो । एक्कासी रवीन्द्र अधिकारीको दुर्घटनाले कार्यत्रम के हुने हो थाहा थिएन । एकराज सरको फोन पछि म बर्दिया तिर सोझिएँ । पोखराबाट विमल पाण्डे लगाएतको बन विज्ञान अध्ययन संस्थानको टिम भ्रमणको लागि आएको रहेछ । त्यसैसँग मिलेर बर्दियाको कतर्निया पुगियो । एकराज सरले गाडी पठाउनु भएको थियो । म दिउसो ३ बजे तिर कार्यक्रम हुने ठाउँ बर्दियाको जयनगर पुगियो । त्यो रात त्यही काटियो । त्यहाँका सरहरुसँग समसामयिक सवालमा कुराकानी गरेर अबेर सम्म बसियो । अधिकतर समय रवीनद्र अधिकारी र वहाँको कामको सम्बन्धमा वित्यो । राती १ बजे तिर हामी सुत्यौ ।
बर्दियामा कार्यक्रम
२०७५.११.१७
विद्यालयको मैदान भरिभराउ थियो । अघिल्लो पंक्तिमा साना साना विद्यार्थी उत्सुकतापूर्वक मञ्चमा हेरििरहेका थिए । अलि पछिल्लो पंक्तीमा नानीहरुका आमाहरु प्रफुल्ल मुद्रामा थिए । दिउसो ३ बजे मलाई मञ्चमा बोलाइयो । यो जिल्लामा सम्भवतः यो मेरो दोस्रो कार्यक्रम हो । धेरै बर्ष पहिले राजापुरको महोत्सवमा म पुगेको थिएँ । त्यो सम्झना घुर्मइलो भैसकेको छ । यस पल्ट जयनगरमा पेट्रियोट स्कूलले आयोजना गरेको कार्यक्रममा अत्यन्तै सशक्त प्रस्तुती भयो । लगभग एक घण्टा एकल सांगीतिक कार्यक्रम प्रस्तुत गरिएछ । त्यस पछि सबै सँग विदाबादी भएर म साँझ बुटवलतिर लागेँ ।
बुटवलमा भव्य र पेचिलो कार्यक्रम
२०७५.११.१८
बर्दियाको कार्यक्र सकेर म बारबर्दिया नगरपालिकाको गाडीमा हाइ वे सम्म आएँ । पश्चिमबाट एउटा अस्पतालको गाडी हुइकिदै आयो । मलाइ सकेसम्म छिटो बुटवल पुग्नु थियो । गाडीलाई हात दिएँ । गाडी रोकियो । चिनेका साथीहरु रहेछन । कोहलपुर सम्म ल्याएर छाडे । कोहलपुरमा शरद लामिछानेले रिसिभ गर्नुभयो र एउटा गाडीमा चडाएर पैसासैसा तिरिदिएर बिदा हुनुभयो । साँझ सात बजे कोहलपुरबाट हिँडेको बस राती एक बजे तिर बुटवल आइपुग्यो । राती गोविन्द खनाल बाटोमा उभिएर पर्खनु भएको रहेछ । त्यो रात वहाँको घरमा गएर बास बसियो । गोविन्द खनाल अखिल नेपाल युवक संघ रुपन्देही जिल्लाको अध्यक्ष हुनुहुन्छ । सारै मिलनसार र सारै सहयोगी साथी । हिजोको रात लगभग अनिदो जस्तै रह््यो ।
विहानै उठ््न मन थिएन । चिया आइपुग्यो । चिया खाने बानी त मेरो बसेन । तै पनि मन राखिदिन कहिले काही खाने गर्छु । चिया खाँदा खाँदै नारायण शर्मा आइपुग्नु भयो । डमर जी पनि आइपुग्ने खवर आयो । समसामयिक विविध विषयमा विहानभरि कुराकानी चलिरहे । केही संकीर्ण समुहले मेरो त्यहाँको उपस्थिति प्रति आपत्ती प्रकट गरेको पनि थाहा भयो । यहाँ केहि मानिस अत्यन्तै तल्लो दर्जाका छन भन्ने कुरा थाहा भएकै हो । तिनीहरुको भालुझम्टे रिष देखि तर्केरै हिड््नु उपयुक्त हुन्छ । यो युगको मानवीयताभन्दा पनि तल्लो स्तरमा रहेको मानसिकतालाई एकै चोटी माथि उठाउनु अहिले सम्भव छैन । भवतु सब्व मंगलं । तिनीहरुको पनि भलो होस । यही कामना शिवाय अरु उद्धार गर्न सम्भव भएन । दिउसो तिर हामी कार्यक्रमस्थलमा पुगियो । कार्यक्रस्थलमा सानाठुला गरी ६ सय भन्दा बढी नै मानिसहरुको उपस्थिति थियो । कार्यक्रम सारै उत्साहप्रद भयो । कार्यक्रम सकेर हामी साथीको घरमा गएर बास बसियो । भोलि गुल्मी जानु छ । पर्सी शिवरात्रीको शिवरात्रीको दिनमा प्रोग्राम छ , गुल्मी जिल्लाको अरेवा मा ।
शिवरात्री
२०७५.११.१८
हिजो विहानै उठेर बुटवल आइयो । नारायण जीको बुटवलको कोठामा बसेर खानपिन गरेर गुल्मी तिरको यात्रा तय गरियो । हामीसंग संगै हिड््नु भएका गुरुजी भुपालसिं राना संग भेटेर हिसाव बुझाइयो र गाडीको व्यबस्था गर्न ट्रफिक चोक तिर लागियो । त्यही सबै संग विदा भएर म गाडी कुरेर बसेको थिए । पाल्पातिर जाँदै गरेको बोलेरो मेरो अगाडी रोकियो र लिफ््ट दियो । त्यसैमा खर्वां सम्म आएर बास बसियो । बाटोमा निलम शर्मा संग भेट भयो । वहाले नै अरेवाको कार्यक्रको चाजो मिलाउनु भएको थियो । वहाँलाई भुवाजिदीमा छाडेर हामी अगाडी बढ््यौं । खर्वां मा भिमलाल लगयतका साथीहरुसंग भेटेर कुरा कानी गर्दैै हिजोको रात त्यही विताइयो ।
आज शिवरात्रीको दिन । सबैतिर शिवको आराधना चलिरहेको छ । फेसबुकका पाना पनि शिव भगवानका फोटाहरुले भरिभराउ देखिएकाछन । विहान उज्यालो दिन देखा परो । खाना खाएर हामी बडीघाटपारी अरेवातिर लाग्यौ । दिनभरि कार्यक्रममै व्यस्त भइयो । साँझ खर्वाङ झरेर त्यहीको बास भयो । अाज शिवरात्रीकाे दिन निकै रमाइलाेकासाथ वित्याे ।
लाइक नेपाल अनलाइन टी.भी. मा प्रकािशत ः
हिमालय टी.भी.मा अन्तर्वार्ता :