काठमाडौं महानगर वडा नम्बर १६ का अध्यक्ष मुकुन्द रिजालको निधन

काठमाडौं । डेंगुबाट काठमाडौं महानगर वडा नम्बर १६ का अध्यक्ष मुकुन्द रिजालको निधन भएको छ ।रिजालको उपचारको क्रममा बिहीबार बिहान काठमाडौंको ग्रान्डी अस्पतालमा निधन भएको हो। स्वास्थ्यमा समस्या देखिएपछि रिजाललाई गत भदौ १७ गते अस्पताल लगिएको थियो।

ग्रान्डीमा उपचार गराइरहेका रिजालको आज बिहान निधन भएको अस्पतालमा रहेका नेविसंघ नेता सुशील भट्टले बताए।अस्पतालका मेडिकल डाइरेक्टर डा. विनोद विजुक्छेले विज्ञप्ति जारी गर्दै दुवै फोक्सोमा सिभियर निमोनिया (भाइरल निमोनिया) देखिएपछि रिजाललाई भदौ १७ गते आइतबार दिउँसो १ बजेदेखि सघन उपचार कक्षमा भर्ना गरी उपचार गरिएको उल्लेख गरेका छन्।उपचारका क्रममा आज बिहान ७:३० बजे रिजालको निधन भएको विज्ञप्तिमा उल्लेख छ। रिजाललाई डेंगीसमेत लागेको थियो।

IME Remittance