यूएईविरुद्ध नेपाल टस जितेर फिल्डिङ गर्दै

एसिसी प्रिमियर कपअन्तर्गत नेपाल र युएईबीच कीर्तिपुरस्थित त्रिवि मैदानमा उपाधिका लागि प्रतिस्पर्धा भइरहेको छ। नेपालले टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय गरेसँगै युएईले ब्याटिङ गरिरहेको छ।

नेपालले युएईको दोस्रो विकेट लिएको छ। करण केसीले युएईका वृत्य अरिवन्दलाई विकेटकिपर आसिफ शेखबाट ८ रनमा क्याच गराएका छन्। युएईले ४.५ ओभरमा २ विकेट गुमाउँदा २८ रन जोडेको छ।

सेमिफाइनलमा विजयको नजिक पुगेर वर्षाले रोकिएपछि ओमान शनिबार मूलपानीमा यूएईसँग स्तब्ध भएको थियो । नेपाल र कुवेतबीचको सेमिफाइनलमा पनि नतिजा आएको थिएन, जसका कारण माथिल्लो वरीयताका आधारमा नेपाल फाइनल पुगेको थियो ।