जनतालाइ चेतना दिन र राष्ट्रलाई एकजुट बनाउन सङ्गीत अभियात्रा : जनगायक जीवन शर्मा

बिर्तामोड , झापा २०७९ चैत्र २३ गते / बरिस्ठ जनबादी गायक जीवन शर्माले राष्ट्रलाई सहि बाटोमा हिडाउनका लागी जनतालाइ चेतना दिन र राष्ट्रलाई एकजुट बनाउन सङ्गीत अभियात्रा अभियानकाे आवश्यकता परेकाे बताएका छन् ।  जनबादी कलाकारहरुले देशब्यापी रुपमा संचालन गरेको ” राष्ट्रका लागि सङ्गीत अभियात्रा ” काे आयोजनामा, बिर्तामोड उद्योग वाणिज्य संघको सभाहलमा २०७९ चैत्र २३ गते दिउसाे आयोजित पत्रकार सम्मेलनमा बोल्दै जनगायक शर्माले उक्त कुरा बताएका हुन ।

सो पत्रकार सम्मेलनमा बोल्दै शर्माले ” वामपन्थी शक्तिहरु एकजुट हुनुपर्ने अहिलेको आवस्यकता हो ।” – जनगायक शर्माले भने – ” तर राष्ट्रियताको सवालमा वाम शक्तिहरु र लोकतान्त्रिक शक्ति भनेर बिभाजित हुनुहुदैन सबै शक्तीहरु त्यसैगरी एकजुट हुनुपर्छ जसरी भारतिय नाकाबन्दीका बिरुद्द र लिपुलेक र लिम्पियाधुरा सहितको चुच्चे नक्शा जारी गर्ने बेला भएका थियौ । ” सम्बोधनका क्रममा शर्माले जनताको गित गाउनेहरुलाइ राजनैतिक पार्टिहरुले संरक्षण गर्नु पर्ने बताए । शर्माले दलगत रुपमा आफू स्वतन्त्र भए पनि बिचारमा भने प्रतिबद्ध रहेको प्रस्ट पारे । ” समाजमा बर्गिय विभेद छ, असमानता छ , शोषण छ , अन्याय छ , अत्याचार छ र ब्याभिचार छ , त्यसलाइ हटाउनु पर्छ भन्ने मान्यतामा म प्रतिबद्ध छु ।

” जनगायक शर्माले भने – ” म दलगत रुप बाट त स्वतन्त्र छु तर म समाज बाट वर्गीय विभेद हटाउनु पर्छ , समतामुलक र न्यायमुलक समाज निर्माण गर्नु पर्छ भन्ने बिचार प्रती भने प्रतिबद्ध छु । आफ्नो अभियानमा सबै राजनैतिक दलहरुले राम्रो सहयोग गरिरहेको र अहिले सम्मका अभियात्राका कार्यक्रमहरु भब्यतापुर्वक सम्पन्न हुँदै आएको जानकारी गराउदै शर्माले २०७९ चैत्र २५ गते झापा बिर्तामोडको  साइ पार्टी प्यालेसमा आयोजित ” जनसाङ्गितिक प्रस्तुति ” पनि दर्शकहरुको विशाल सहभागीका बिच सफलतापुर्बक सम्पन्न हुने बिश्वास ब्यक्त गरे ।सम्बोधनका क्रममा शर्माले महोत्सवमा जनताका कलाकार बोलाइएको छ कि नाइ त्यो प्रश्न गर्न जनतालाइ आवहान गरे ।

जनबादी गितकार , सङ्गितकार तथा गायक चिरन सिको संचालनमा अघि बढेको सो पत्रकार सम्मेलनमा अभियान टोलिमा सहभागी जनबादी कलाकारहरु उदय श्रेष्ठ , ओम श्रेष्ठ , नारायण शर्मा , कुस्मिता दर्लामी , उदय रिजाल , मोहित श्रेष्ठ , डमर भण्डारी , लक्ष्मण पाख्रिन , रेश्मा बुढा, अनु शर्मा , सन्ध्या जिएम , कबिता पुन , आकृति भण्डारी , लक्ष्मी केसि र कुबेर सिको आतिथ्यता रहेको थियो । सम्मेलनमा टोलिको मेची क्षेत्रमा कार्यक्रमको ब्यवस्थापनमा खटिएका राजनैतिक पार्टिहरुको तर्फ बाट नेकपाका मेची ब्युरो इन्चार्ज सुमन सि , झापा जिल्ला इन्चार्ज प्रशान्त सि र झापा जिल्लाका सचिब सन्जय सिको समेत आतिथ्यता रहेको थियो । सङ्गीत अभियात्राको अभियान टोलिले २०७९ चैत्र २५ गते बिर्तामोडको सिटिसेन्टरमा अवस्थित सभाहलमा दिनको १.३० बजे देखि ” जनसाङ्गितिक प्रस्तुति ” दिनेछ । त्यस अघि चैत्र २४ मा टोलिले इलामको फिक्कलमा कार्यक्रम प्रस्तुत गर्नेछ । पत्रकार सम्मेलनमा जनबादी कलाकारहरुको उक्त जनसाङ्गितिक प्रस्तुति हेर्न दर्शकले कुनै शुल्क तिर्नु नपर्ने पनि आयोजकहरुले स्पस्ट पारेका थिए ।

IME Remittance