दैलेखमा ग्यास सिलिण्डर बोकेको ट्रक दुर्घटनामा भएकाे छ । ट्रक दुर्घटनामा चालकसहित तीनजनाको घटनास्थलमै मृत्यु भएकाे छ।मृत्यु हुनेमा चालक अन्दाजी ३१ वर्षीय कृष्ण चौधरी,कामदार २६ वर्षीय लक्षिराम चौधरी र २३ वर्षीय विष्णु चौधरी रहेका छन् । दैलेख सुर्खेत सडक खण्डअन्तर्गत गुराँस गाउँपालिका–४ तालपोखरीमा ट्रक दुर्घटनामा परेको हो ।
मनकामना ग्यास सिलिण्डर लिएर नेपालगञ्जबाट दैलेखतर्फ आउँदै गरेको भे १ क २२०१ नम्बरको ट्रक दुर्घटनामापरेको हो। दुर्घटनामा सहचालक प्रकाश कुमाई घाइते भएका छन् । ट्रक सडकबाट झण्डै १५० मिटर तल खसेको छ । ट्रक दुर्घटनाको कारण खुल्न सकेको छैन् ।