संगीत अभियात्राको सांगीतिक कार्यक्रम  धनगढीबाट सुरू 

जनकलाकारहरुको संगीत अभियात्रा चैत ४ गते देखि धनगढीबाट सांगीतिक कार्यक्रमसहित  सुरू भएकाे छ।  जनसांगीतिक कार्यक्रम सहित  सातै प्रदेशमा सङ्गीत अभियात्रा सुरु भएकाे  हो । धनगढीको ओम प्यालेस भएको कार्यक्रममा जीवन शर्मा, उदय श्रेष्ठ, कुस्मिता दर्लामी, महित श्रेष्ठ, नीलिमा पुन, कविता पुन अनु शर्मा, उदय रिजाल चिरन सी, लक्षमण पाख्रिन, मणिथापा  लगायतले प्रस्तुति दिए ।

संगीत अभियात्रामार्फत जनतालाई जागरुक र सचेत बनाउन लागिएको हाे। आर्थिक, सामाजिक, राजनीति अवस्था सुधार्ने अस्थिरताको अन्त्य गर्ने उद्धेश्यले समेत संगीत अभियात्रा आयोजना गरिएको जनाइएको छ । त्यसैगरि सम्पूर्ण जनवादी कलाकारहरु एकसाथ भएर  नेपालका कम्युनिष्टहरु एकजुट हुन  सन्देश दिन खोजिएको बताइएकाे  छ । नेपालका कम्युनिष्टहरु टुटफुटमा जाँदा देशको विकास हुन नसक्ने,जनजीविकामा परिवर्तन आउँन नसक्ने भएकाले कार्यक्रम मार्फत एकहुन अपिल गरिएकाे छ ।

धनगढीबाट सुरु भएको अभियान कार्यक्रम चैत ७ गते सुर्खेत, चैत १० गते दाङ, चैत १३ गते बुटवल, चैत १६ गते भरतपुर, चैत १८ गते हेटौडा, चैत २० गते वर्दिवास, चैत २२ गते धरान, चैत २५ गते विर्तामोड, चैत २८ गते पोखरा र वैशाख ५ गते काठमाडौ पुगेर सम्पन्न हुने सबै सबै प्रदेशमा गरेर काठमाडौँमा सबै नेताहरूको उपस्थितिमा सम्पन्न गर्ने बताइएको छ ।

IME Remittance