घरको ग्यास सिलिन्डर विस्फोट हुँदा कांग्रेस सांसद चन्द्र भण्डारी भण्डारी घाइते, आईसीयूमा उपचार हुँदै

नेपाली कांग्रेसका सांसदसमेत रहेका नेता चन्द्रकान्त भण्डारी ग्यास सिलिण्डर बिस्फोट हुँदा गम्भीर घाइते भएका छन्।उनको निवास बुद्धनगरमा गए राति ग्यास सिलिण्डर बिस्फोट भएको थियो।भण्डारीको ८६ वर्षकी आमा हरिकलासमेत घाइते भएकी छन्।उनीहरूको कीर्तिपुरमा रहेको बर्न अस्‍पतालको आइसियुमा उपचार जारी छ।

चिकित्सकहरूका अनुसार चन्द्रको शरिरको करिब २५ प्रतिशत भाग र उनकी आमाको करिब ७० प्रतिशत भागमा असर गरेको छ । उनीहरू खाना खाएर सुतिसकेको अवस्थामा ग्यास सिलिण्डर बिस्फोट भएको थियो। सांसद भण्डारीको अनुहार, हात र खुट्टामा धेरै जलन भएको चिकित्सकहरूले बताएका छन्। सांसद चन्द्र भण्डारी प्रतिनिधि साभाकाे निर्वाचनमा  गुल्मी १ बाट निर्वाचित भएका थिए ।

IME Remittance