दुई सय ५० वर्षअघि भत्किएको कीर्तिपुर दरबार फेरि बन्दै

करिब साढे दुई सय वर्षअघि भत्किएर भग्नावशेषसमेत लोप हुने अवस्थामा पुगिसकेको कीर्तिपुर दरबार (लायकु) पुनः अस्तित्वमा ल्याउने प्रयास सुरू भएको छ।कीर्तिपुरको सर्वाधिक ठूलो र महत्पूर्ण सम्पदा मानिएको लायकु दरबार लामो समयसम्म राज्यबाट ओझेल पर्नुका साथै स्थानीयवासीको अतिक्रमणमा समेत परेर लोप हुने अवस्थामा पुगेको थियो।

कीर्तिपुर डाँडाको सबैभन्दा अग्लो भागमा रहेको उमामहेश्वर मन्दिरसहितको लायकु दरबारलाई पहिलेकै जस्तो बनाउने माग सम्पदा प्रेमीले विगत तीन वर्षअघिदेखि गर्न थालेका थिए।यसैअनुसार कीर्तिपुर नगरपालिकाले लायकु दरबारको केही भाग बनाउन बजेट छुट्याएको थियो।सोहीअनुरूप परम्परागत नेवारी इँटा (दाची अपा) र मध्यकालीन शैलीका झ्याल प्रयोग गरी पुनर्निर्माण गर्न थालिएको छ।

कीर्तिपुर–१ का अध्यक्ष हीरालाल महर्जनका अनुसार नगरपालिकाले छुट्याएको करिब रु तीन करोडको बजेटमा दरबार बन्दैछ। नगरपालिकाले विसं २०७७ मंसिरमा लायकु दरबार पुनःनिर्माण गर्ने भन्दै सोसम्बन्धी प्रमाण भए नगरपालिकालाई दिन सार्वजनिक सूचना जारी गरेको थियो। सोहीबमोजिम महर्जनसहितका १६ स्थानीयवासीले लायकु दरबारसम्बन्धी ऐतिहासिक दस्तावेज र तस्बिर नगरपालिका समक्ष पेस गरेका थिए।

IME Remittance