१४ हजारको मतान्तरसहित गोरखा–२ बाट प्रचण्ड निर्वाचित

काठमाडौ । गोरखा निर्वाचन क्षेत्र नम्बर–२ बाट नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निर्वाचित भएका छन् ।बिहीबार बिहान सम्पन्न मत गणनाको नतिजाअनुसार अध्यक्ष प्रचण्ड २६ हजार ९०३ मतसहित प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका हुन् ।

प्रचण्डका निकटतम प्रतिस्पर्धी राष्ट्रिय स्वतन्त्र पार्टीका कविन्द्र बुर्लाकोटीले १२ हजार ६३७ मत ल्याए भने एमालेका अव्दुस मियाँले ७ हजार ३९३ मत पाए ।

IME Remittance