मानवशास्त्री डा.ओम गुरुङको निधन

नेपाल जनजाती महासंघका पूर्वमहासचिव तथा समाजशास्त्री एवम् मानवशास्त्री  ओम गुरुङको सोमबार निधन भएको छ । ६८ वर्षको उमेरमा गुरुङको सोमबार दिउँसो ललितपुरको हिरिसिद्धीस्थित नेपाल क्यान्सर अस्पतालमा निधन भएको हो । गुरुङ क्यान्सर राेगले पिडित हुनुहुन्थ्याे ।’उहाँमा क्यान्सर देखिएपछि नयाँ दिल्लीमा उपचार गरिएको थियो । पछि नेपालमा पनि क्यान्सरको उपचार हुँदै आएको थियाे ।’आइतबार उहाँलाई अफ्ठ्यारो भएपछि अस्पताल भर्ना गरिएको थियो । आज १ बजेर ४५ मिनेटमा निधन भयो ।’

त्रिभुवन विश्वविद्यालयमा ३६ वर्ष अध्यापन गरेका गुरुङ १२ वर्षसम्म समाजशास्त्र तथा मानवशास्त्र विभागका प्रमुख हुनुभएकाे  थियाे  । उनको जन्म २०११ माघ २९ मा बागलुङको ताराखोलामा भएको थियो । १९९६ मा गुरुङले अमेरिका कोरनेल विश्वविद्यालयबाट मानवशास्त्रमा विद्यावारिधि गर्नुभएकाे थियाे ।

IME Remittance