दार्चुलाको आएको बाढीले दर्जन बढी घर बगायो, ११ जना बेपत्ता

गएरातीदेखि अविरल वर्षासँगै आएको बाढीले दार्चुला सदरमुकाम खलङ्गाको बंगाबगड क्षेत्रमा ठूलो क्षति पुर्‍याएको छ। बाढीका कारण एक दर्जन बढी घरहरू, झोलुङ्गे पुल र एउटा पक्की पुलसमेत बगेका छन्   ।

बाढीले हालसम्म ११ जना बेपत्ता भएको  जानकारी आएकाे छ ।बाढीले लास्कु खोला र महाकाली नदीमा ठूलो बाढी आएको छ। नदीले कटान गर्ने क्रम नरोकिएकोले सतर्कता अपनाउन स्थानीय सबैमा अनुरोध गरिएको छ।