४० माइक्रोन भन्दा पातलो प्लाष्टिक झोला प्रतिबन्ध

सरकारले (भदौ १) बाट ४० माइक्रोन भन्दा कमको प्लास्टिक झोला पूर्णरूपमा प्रतिबन्ध लगाएको छ। बुधबारदेखि उपत्यकामा ४० माइक्रोनभन्दा पातलो प्लास्टिकको झोलाको बिक्रीवितरण, आयात, प्रयोगमा रोक लगाइएकाे हाे।

वातावरणीय संरक्षणका दृष्टिले अत्यन्त महत्वपूर्ण रहेको सकारको प्लाष्टिकका झोला प्रतिवन्धको नीति तथा निर्णयलाई आगामी दिनमा थप कडाईका साथ लागुगर्ने तयारी रहेकोले सबैले ४० माईक्रोनभन्दा पातलो प्लाष्टिक झोला उत्पादन, आयात, बिक्री वितरण तथा प्रयोग नगर्न नगराउन वातावरण विभागले आग्रह गरेको छ ।

४० माईक्रोनभन्दा पातलो प्लाष्टिक झोला उत्पादन, आयात, बिक्री वितरण तथा प्रयोगको अवस्थालाई कडाईका साथ अनुगमन गरिने र अनुगमनका समयमा नेपाल सरकारको निर्णय विपरितका कार्य भएको पाईएमा वातावरण संरक्षण ऐन, २०७६ र वातावरण संरक्षण नियमावली, २०७७ बमोजिम कारवाही हुने विभागले जनाएको छ ।

IME Remittance