पेट्रोलियम पदार्थको मूल्य वृद्धि ,पेट्रोलको मूल्य प्रतिलिटर १८०,खाना पकाउने एलपी ग्यासकाे १८ सय रुपैयाँ

नेपाल आयल निगमले इन्धनको मूल्यमा  वृद्धि गरेको छ । आइतबार मध्यरातिदेखि लागु हुने गरीनिगमले हवाई इन्धन (आन्तरिक) र खाना पकाउने ग्यासको मूल्य पनि वृद्धि गरेको छ। हवाई इन्धन प्रतिलिटर १० रुपैंयाँले वृद्धि गरेर १६६ प्रतिलिटर कायम गरिएको छ।  ग्यास प्रति सिलिण्डर दुई सय रुपैयाँले वृद्धि गरेर १८ सय पुर्‍याइएको छ।

पेट्रोल, डिजल र मट्टीतेल प्रतिलिटर १० रुपैयाँ र खाना पकाउने एलपी ग्याँसको मूल्य पनि प्रतिसिलिण्डर २०० रुपैयाँ बढेको नेपाल अायल निगमले जनाएकाे छ । इन्धनमा यो मूल्य अहिलेसम्मकै उच्च हो ।गत वर्ष असार अन्तिमतिर पेट्रोल प्रतिलिटर १०२, डिजेल र मट्टीतेल ८८, ग्यास प्रतिसिलिन्डर १ हजार ३ सय ७५ रुपैयाँमा पाइन्थ्यो ।भारतले कर (एक्साइज ड्युटी) कम गरेर इन्धनमा मूल्य घटाएको भोलिपल्टै नेपालमा पेट्रोल पेट्रोलियम पदार्थको मूल्य वृद्धि भएकाे हाे ।

नेपाल अायल निगमले भने  भारतबाट मूल्य बढेर आएको र बढ्दो घाटा व्यवस्थापन गर्न तथा पेट्रोलियम पदार्थको आपूर्ति तथा विक्री वितरण सहज बनाइराख्न मूल्यवृद्धि गर्नुपरेको जनाएको छ।

IME Remittance