प्रमाणपत्र: निलिमा पुन

प्रमाणपत्र तिमी मायाको चिनो बनेर आयौ

सबैको मनमा बसेर आयौ

धेरैको विस्वास जीतेर आयौ

परिश्रमको साइनो बनेर आयौ

तिमी बोल्दैनौ, म बोल्छु

मेहेनतको प्रतीक तिमी प्रमाणपत्र

 

बाहिर सजाउने म सँग ठाउँ छैन

भित्र सजाउने म सँग दराज छैन

तिमी मनमा सजिएका छौ

जहाँ तुरुन्तै म देख्न सक्छु

तिमी बुझ्दैनौ, म बुझ्छु

मेहेनतको प्रतीक तिमी प्रमाणपत्र

 

म बटुवा हुँ पैदलै हिड्छु

जहा रात पर्छ म त्यही बाँस बस्छु

विहानै उठी फेरि यात्रामै लाग्छु

हिड्दा हिड्दै प्रमाणपत्र भेट्छु

झोलामा राखी फेरि अघि बढ्छु

तिमी झोलामा हुन्छौ, म हिड्छु

तिमी सज्जिन्छौ, म कज्जिन्छु

मेहेनतको प्रतीक तिमी प्रमाणपत्र

 

जोगाउदै जोगाउदै घरसम्म ल्याउछु

तिमी थपक्क बस्छौ, म फेरि हिड्छु

तिमी सम्मानित छौं म चलयमानछु

मेहेनतको प्रतीक तिमी प्रमाणपत्र।

IME Remittance