राष्ट्रिय जनमोर्चाको विशेष भेला सम्पन्न, ५१ सदस्य केन्द्रीय समन्वय समिति गठन

ने.क.पा. (मसाल) को वैद्यानिक मोर्चा राष्ट्रिय जनमोर्चाकाे एक पक्षले  विशेष भर्चुअल भेला गरी कृष्णराज पौडेलको अध्यक्षतामा ५१ सदस्य केन्द्रीय समन्वय समिति गठन गरेको छ ।  भेलामा नेकपा (मसाल) केन्द्रीय समन्वय समितिका संयोजक सन्तबहादुर नेपाली प्रमुख अतिथि रहनु भएको थियो भने अन्य अतितिहरुमा अखिल भारत नेपाली एकता समाजका अध्यक्ष देबबहादुर लामिछाने, अन्तराट्रिय नेपाली एकता समाजका महासचिव विदुर शर्मा, महिला संगठनको तर्फबाट मनु बिक रहनु भएको थियो । कार्यक्रमलाई राजमोका पूर्व केन्द्रीय सदस्य गौरीलाल कार्किले स्वगत मन्तव्य दिनु भएको थियो भने रक्तिम परिवारका कालाकारहरुले संगीतबाट स्वागत गर्नु भएको थियो । त्यसैगरी कार्यक्रममा सुभकामना दिँदै अन्तराष्ट्रि नेपाली एकता समाजका अध्यक्ष दुर्गा शर्मा, महासचिव बिदुर शर्मा, महिला संगठनको तर्फबाट मनु बिकले आफ्ना  बिचार राख्नु भएको थियो । 

भेलाद्वरा निर्वाचित कार्य समितिको नामावलि क्रमश: कृष्णराज पौडेल अध्यक्ष नवलपरासी, उपाध्यक्ष चिन्तामणी पौडेल काठमान्डौं, उपाध्यक्ष सुर्य थापा काडमान्डौं, सुरेन्द्र भण्डारी उपाध्यक्ष मोरङ्ग, लालबहादुर जाग्री महासचिव डडेल्दुरा, गौरीलाल कार्की सचिव जुम्ला, ओमबहादुर के.सी. कोषाध्यक्ष दाङ्ग, बालाकृष्ण सुबेदी सदस्य सुनसरी, नरबहादुर थापा सदस्य रुपन्देही, मनिराम सापकोटा सदस्य रुपन्देही, लक्ष्मी न्यौपाने सदस्य रुपन्देही, उद्धव ऐर सदस्य डडेल्दुरा, धनबहादुर बोहोरा सदस्य डडेल्दुरा, कर्ण थापा सदस्य बारा, दिपक चौधरी सदस्य बारा, रामबाबु शाहा सदस्य बारा, मोमिना खातुन सदस्य बाँके, गुणनीधि आचार्य सदस्य बाँके, नारायण सापकोटा सदस्य बाग्लुङ्ग, श्रीप्रसाद थापा सदस्य बाग्लुङ्ग, रेशम गिरी सदस्य बाग्लुङ्ग, बिरेन्द्र थापा सदस्य बाग्लुङ्ग, रामबहादुर जिएम सदस्य दाङ्ग, गोपाल नेपाली सदस्य दाङ्ग, शशिराम बुढाथोकि सदस्य दाङ्ग, राजेन्द्र नेपाली सदस्य अर्धाखाँची, राधा खतिवडा सदस्य मोरङ्ग, रामहरी धिताल सदस्य मकवानपुर, राजिमसुर राई सदस्य भोजपूर, शन्तोस राई सदस्य झापा, लेखनाथ शर्मा सदस्य नवलपूर, धनपति ज्ञवाली सदस्य नवलपुर, खगेश्वर शर्मा सदस्य पर्शा, तपशी चौधरी सदस्य पर्शा, मनु बिक सदस्य प्युठान, जितामित्र सुनुवार सदस्य प्युठान, बिरबहादुर पुन सदस्य प्युठान, तारा पौडेल सदस्य चितवन, लक्ष्मी रिजाल सदस्य कैलाली, शुसिल शाही सदस्य कालिकोट, बिक्रम थापा सदस्य कास्की, नरेश झुकाल सदस्य कञ्चनपुर, धरमदेवपन्त सदस्य कन्चनपुर, हिमलाल वाग्ले सदस्य कपिलवस्तु, शोभादेवी सापकोटा सदस्य नवलपूर, कमल खड्का सदस्य कपिलवस्तु रहनु भएको छ भने केही रिक्त स्थान पछि पुर्तिगर्ने सो समितिले जनाएको छ । कार्यक्रमको अध्यक्षता कृष्णराज पौडेलले गर्नु भएको थियो भने संचालन लालबहादुर जाग्रीले गर्नु भएको थियो । 

IME Remittance