कोरोना : बेलायतमा युरोपकै सबैभन्दा बढी सङ्क्रमित

एजेन्सी । कोरोना सङ्क्रमणका आधारमा बेलायत युरोपमै सबैभन्दा बढी संक्रमित भएको देश बन्न पुगेको छ ।

बेलायतमा महिनौँ अघिदेखि दैनिक ४० हजारको हाराहारीमा सङ्क्रमित थपिने गरेको जनाइएको छ । गएको एक सातामा दुई लाख ४८ हजार भन्दा बढी सङ्क्रमित फेला परेको छ ।

बेलायतमा पछिल्लो २४ घण्टामा थप ४० हजार ३७५ जना नयाँ सङ्क्रमित भएको ‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोसल केयर’ ले जनाएको छ । थपिएका नयाँ सङ्क्रमितसँगै यहाँ कुल सङ्क्रमितको सङ्ख्या ९४ लाख ८७ हजार ३०२ पुगेको छ । यसै गरी बितेको २४ घण्टामा १४५ जना सङ्क्रमितको मृत्यु भएको छ । बेलायतमा हालसम्म कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या एक लाख ४२ हजार ६७८ पुगेको छ ।

बेलायतमा हालसम्म कोरोनाविरुद्धको १० करोड ८२ लाख ७९ हजार ८३२ डोज खोप वितरण भइसकेको छ ।