पेरुका विद्रोही कम्युनिष्ट नेता गोञ्जालोको निधन

लामो समयदेखि जेल जीवन बिताइरहेका पेरुका विद्रोही नेता गोञ्जालोको ८६ वर्षको उमेरमा निधन भएको छ । पेरूमा तत्कालिन फुजीमोरी शासनका विरूद्ध विद्रोहका नेतृत्व गरेका गोञ्जालोको शनिबार साँझ ६ः ४० मा एक सैनिक अस्पतालमा निधन भएको हो ।

जेलमै बिरामी परेका उनलाई उपचारका लागि सैनिक अस्पतालमा भर्ना गरिएको थियो । अस्पतालमा उपचारकै क्रममा उनको निधन भएको पेरु सरकारका अधिकारीहरुलाई उदृत गर्दै एपीले जनाएको छ ।

गोञ्जालोको निधन भएको पेरु सरकारका कानुनमन्त्री अनबल टोरेसले पुष्टि गरेका छन् । छाला क्यान्सरका बिरामी रहेका गोन्जालोलाई पेरुको नौसेना आधार इलाकामा रहेकोे कालाओ जेलको पिँजडाघरमा सेप्टेम्बर १२, १९९२ देखि बन्दी बनाएर राखिएको थियो ।

गोञ्जालो पेरु कम्युनिस्ट पार्टी (साइनिङ पाथ) का अध्यक्ष​ हुन् ।  पेरु आयाकुचो सान कृस्टोबल डि हुआमाङ्गा नेसनल युनिभर्सिटी दर्शनशास्त्रका प्राध्यापक समेत रहेका गोञ्जालोलाई फुजिमोरो सत्ताले आजीवन कारागारको सजाय सुनाएको थियो ।

गोञ्जालोले पेरुमा सन १९८० देखि १९९९ सम्म चलेको सशस्त्र विद्रोहको नेतृत्व गरेका थिए । सोही बीचमा उनी पक्राउ परेका थिए ।  विश्वभरका कम्युनिष्ट पार्टीहरुले गोञ्जालोको रिहाइको माग गर्दै आएका थिए ।

याे पनि हेर्नुहाेस्

https://youtu.be/dllHrsbl2DI

IME Remittance