जोर्ज फ्लोइड मृत्यु प्रकरण : पूर्वप्रहरी डेरेक शोभिनलाई २२ वर्ष छ महिनाको जेल

 

असार १३। अमेरिकी मूलका जोर्ज फ्लोइडलाई सन् २०२० को मेमा मिनिआपुलिस सहरमा हत्या गरेको आरोप लागेका अमेरिकी पूर्व प्रहरीलाई २२ वर्ष छ महिनाको जेल सजाय सुनाइएको छ।

न्यायाधीशका अनुसार डेरेक शोभिनले त्यस्तो सजाय पाउनुको कारण फ्लोइडमाथि उनले पदमाथिको विश्वास र अख्तियारीको दुरुपयोग गरेको र खासगरी क्रूरता देखाउनुु रहेको बीबीसीले जनाएको छ ।

४८ वर्षीय फ्लोइडको मृत्यु शोभिनले नौ मिनेटभन्दा बढी समय घुँडाले घाँटी थिचेपछि भएको थियो।

IME Remittance