अमेरिका सिनेट : मतदान सुधारसम्बन्धी विधेयक विफल

असार ९ । अमेरिकी रिपब्लिकनहरूले राष्ट्रपति जो बाइडनको प्राथमिकतामा परेको चुनावसम्बन्धी नयाँ नियमको लागु गर्ने प्रयासलाई विफल बनाइदिएका छन्।

हुलाकबाट गरिने मतदानलाई सहज बनाउने उक्त विधेयक दलीय आधारमा मत विभाजन हुँदा पक्ष र विपक्षमा समान ५०(५० मत खसेपछि अवरुद्ध भएको हो।

बाइडनले त्यो उनको ुराष्ट्रपतीय कार्यकालको लडाइु भएको बताएका छन् र डेमोक्र्याट्सहरूले पर्याप्त मेहनत नगरेको आरोप उनीमाथि लगाएका बीबीसीले जनाएको छ ।

उक्त विधेयकको पक्षमा वकालत गरिरहेकाहरूले त्यसले सन् १९६५ को मतदान अधिकारसम्बन्धी ऐन यताकै सबैभन्दा दीर्घकालीन प्रभाव पार्ने धारणा राखेका थिए।