प्रधानमन्त्री केपी शर्मा ओलीले संयुक्त अरब इमिरेट्स (युएइ)का युवराज शेख मोहम्मद विन जायेद अल नायनसँग टेलिफोन गरी त्यहाँ रहेका नेपालीको सुरक्षा र उपचारबारे चासो व्यक्त गर्नुभएको छ । विश्वभर कोरोना भाइरसको सङ्क्रमण भइरहेका बेला प्रधानमन्त्री ओलीले विदेशस्थित नेपालीहरुको अवस्थाबारे सम्बन्धित सरकारका प्रमुख वा प्रतिनिधिसँग संवाद गर्ने क्रममा युवराज शेख मोहम्मदसँग संवाद गर्नुभएको उहाँका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिनुभयो । सोमबार साँझ भएको टेलिफोन संवादमा प्रधानमन्त्री ओलीको चासोमा युवराज शेखले नेपालीहरू इमानदार र परिश्रमी भएको बताउँदै उनीहरूले युएइको आर्थिक विकासमा पु¥याएको योगदानको प्रशंसा गर्नुभएको थियो । त्यहाँस्थित नेपाली राजदूत कृष्णप्रसाद ढकालका अनुसार युवराजबाट नेपालीहरूलाई युएइका नागरिकसरह नै व्यवहार र सहयोग गर्ने प्रतिबद्धता व्यक्त भएको थियो । “विशिष्ट घडीमा युएइमा रहेका नेपालीहरूको हित र सुरक्षालाई उच्च महत्व दिई अभिभावकीय स्नेह र संरक्षकत्व प्रदान गर्नुभएकोमा प्रधानमन्त्री ओली र नेपालीहरूलाई युएइका नागरिकसरह नै व्यवहार र सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएकोमा युवराजप्रति आभार प्रकट गर्दछौं ।” राजदूत ढकालले सामाजिक सञ्जालमा भन्नुभएको छ । नेपाल सरकारले पनि यहाँ रहेका विदेशी नागरिकलाई कोरोना भाइरस सङ्क्रमण भएमा आफ्ना नागरिकसरह उपचार र सुविधा दिने जनाउँदै आएको छ । -RSS
यो पनि पढ्नुहोस्
- आज प्रथम महिला सगरमाथा आरोही पासाङ ल्हामु शेर्पाको ३१ औं स्मृति दिवस
- रूपन्देहीका ९ गाउँमा आगलागी
- गोरखाको वीरेन्द्र ताल फुट्यो,बूढीगण्डकीको तटीय क्षेत्रमा सतर्क रहन गृहमन्त्रालयकाे आग्रह
- कैलालीका सात नदीमा तटबन्ध निर्माण सुरु
- कोशी प्रदेशमा दर्ता गराएको संकल्प प्रश्ताव बहुमतले पारित,मुख्यमन्त्रीले वैशाख २५ गतेसम्म विश्वासको मत लिनुपर्ने
- पूर्वराष्ट्रपति भण्डारीलाई ‘गणतन्त्र गौरव सम्मान’ प्रदान
- भोलि कतारका राजा नेपाल आउने भएपछि सार्वजनिक बिदा
- नेकपा स्थापनाको आज हीरक महोत्वस
- आज प्रथम महिला सगरमाथा आरोही पासाङ ल्हामु शेर्पाको ३१ औं स्मृति दिवस
- रूपन्देहीका ९ गाउँमा आगलागी
- वनमा डढेलो लागेपछि गाउँ पसे जनावर
- गोरखाको वीरेन्द्र ताल फुट्यो,बूढीगण्डकीको तटीय क्षेत्रमा सतर्क रहन गृहमन्त्रालयकाे आग्रह
- बूढानीलकण्ठलाई विश्वसम्पदा सूचीमा पार्न जोड
- कैलालीका सात नदीमा तटबन्ध निर्माण सुरु
- कोशी प्रदेशमा दर्ता गराएको संकल्प प्रश्ताव बहुमतले पारित,मुख्यमन्त्रीले वैशाख २५ गतेसम्म विश्वासको मत लिनुपर्ने
- संस्कृति संरक्षण गर्न दलित समुदायलाई नौमती बाजा
- एसीसी प्रिमियर कपकाे सेमिफाइनलमा नेपाल यूएईसँग ६ विकेटले पराजित