कोरोनाको नयाँ भेरियन्टसँग आत्तिनु पर्दैन पूर्वतयारी भने आवश्यक : डब्लूएचओ

जेनेभा : विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले कोरोनाको नयाँ भेरियन्टबाट आत्तिहाल्नु पर्ने अवस्था नभएको जनाएको छ ।उसले ओमिक्रोनबाट आत्तिनु पर्दैन तर त्यसबाट बच्न पूर्वतयारी भने आवश्यक रहेको जनाएकाे छ ।

 

डब्लूएचओका वैज्ञानीक सौम्या स्वामीनाथनले नयाँ भेरियन्ट ओमिक्रोनबारे अनुसन्धान जारी रहेकाले अहिले आत्तिहाल्नु पर्ने अवस्था आइनसकेको बताएकी छन् ।

नयाँ भेरियन्ट माथि खोपको प्रभावकारीताका बारेमा समेत अनुसन्धान भइरहेको उनले बताइन् । दक्षिण अफ्रिकाबाट सुरु भएको  ओमिक्रोन लगभग ४० देशहरूमा फैलिसकेको छ ।