प्रन्याको वार्ता प्रस्ताव बारद्धारा अस्वीकार ः थप आन्दोलनको घोषणा

काठमाडौं, ४ मंसिर । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको वार्ता प्रस्तावलाई अस्वीकार गर्दै नेपाल बार एशोसिएसनले थप आन्दोलनको घोषणा गरेको छ ।

प्रधानयाधीश जबराले आफ्नो राजीनामा माग गर्दै आन्दोलनरत बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठलाई शुक्रबार पत्र पठाएर वार्तामा आउन आग्रह गरेका थिए ।

शुक्रबार नै बसेको बारको बैठकले जबराले राजीनामा दिनुपर्ने अडान कायम राख्ने र वार्ता नगर्ने निर्णय गरेको छ । बारले आइतबार देशभरका अदालतमा कानुन व्यवसायीहरुले बहस पैरवी नगर्ने निर्णय गरेको उपाध्यक्ष रक्षा बस्यालले जानकारी दिनुभयो ।

उहाँका अनुसार सोमबार संसदमा प्रतिनिधित्व गर्ने दलहरुलाई ज्ञापनपत्र र प्रधानन्यायाधीश जबरामाथिको आरोप पत्र बुझाइने छ । मंगलबार कानून व्यवसायीहरुले देशभरका अदालतमा कुनैपनि मुद्दा दर्ता नगरी सांकेतिक विरोध गर्नेछन् । तर हदम्यादको अन्तिम दिन भएका मुद्दा भने दर्ता गर्न छुट दिने निर्णय भएको छ ।

IME Remittance