काठमाडौं २ मंसिर । सरकारले नेपालमा विद्युतीय राहदानी (ई–पासपोर्ट) वितरण शुरु गरेको छ ।
राहदानी विभागको वेबसाइटमार्फत अनलाइन आवेदन भर्ने नागरिकले बुधबारदेखि नै ई–पासपोर्टको लागि औंठाछाप ९बायोमेट्रिक० दिन जाने मिति र समय पाउन थालेका छन् । करिब ७० लाख मेसिन रिडेबल पासपोर्ट ९एमआरपी० वितरण गरेपछि सरकारले ई(पासपोर्ट वितरण थालेको हो ।
संस्कृतिविद् तथा शताब्दीपुरुष सत्यमोहन जोशीलाई सरकारले पहिलो ई–पासपोर्ट दिएको छ । बुधबार आयोजित एक कार्यक्रममा जोशीलाई परराष्ट्रमन्त्री डा। नारायण खड्काले जोशीलाई पासपोर्ट हस्तान्तरण गरेका छन् ।