मुगुको गमगढी भिषण आगलागी, १७ घर जले

काठमाडौं ३० कातिक । मुगु सदरमुकाम गमगढी बजारमा भिषण आगलागी भएको छ । आगलागीमा १७ वटा घर जलेर नष्ट भएका छन् ।

गएराति साढे १२ बजेतिरबाट खिम्मे लामाको घरमा बालेको दियोबाट आगलागी सुरु भएको जनाइएको छ । सुरक्षाकर्मीहरुले स्थानीयको सहयोगमा बिहान साढे ४ बजे आगो नियन्त्रणमा लिएका थिए ।

गमगढी बजारका घरहरु काठैकाठले बनेका र एकअर्कासँग जोडिएकाले आगो नियन्त्रणमा लिन कठिन भएको थियो ।

IME Remittance