सर्वोच्चमा बन्दी प्रत्यक्षीकरणको मात्र सुनुवाइ

काठमाडौं२३ कातिक । सर्वोच्च अदालतका न्यायाधीशहरुले बन्दी प्रत्यक्षीकरणको मुद्दामात्र सुनुवाइ गर्ने भएका छन् ।

असन्तुष्ट न्यायाधीशहरुले छलफलबाट बन्दी प्रत्यक्षीकरणका निवेदनहरुको मात्रै पेशी तोक्न प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरालाई भनेका छन् । उनीहरुले बन्दी प्रत्यक्षीकरण बाहेकका निवेदनहरुको पेशी तोकिए इजलासमा नबस्ने पनि बताएका छन् ।
उनीहरुले प्रधानन्यायाधीश जबरालाई पनि इजलासमा नबस्न भनेका छनत् ।

सोमबार पनि न्यायाधीशहरुले बन्दी प्रत्यक्षीकरण मुद्दाको मात्र सुनुवाइ गरेका छन् । प्रधानन्यायाधीश जबराले आफू र न्यायाधीश कुमार चुडालको संयुक्त इजलास तोकेपछि त्यो इजलासमा चुडाल गएनन् । प्रधानन्यायाधीशले मार्गप्रसस्त गर्नुपर्ने उनीहरुको माग छ ।

IME Remittance