काठमाडौँ, २३ कात्तिक । एक महिनादेखि कपिलवस्तु जिल्लामा फैलिएको हैजा रोग अझै पनि पूर्ण रूपमा नियन्त्रणमा आउन सकेको छैन् । सरकारले हैजाविरुद्धको खोप लगाएर रोग नियन्त्रणमा ल्याउन लागिएको जनाएको छ।
साढे दुई लाख मात्राभन्दा बढी खोप विश्व स्वास्थ्य सङ्गठनले दिने निर्णय भइसकेको र उक्त खोप आउनासाथ खोप कार्यक्रम सुरु गरिने अधिकारीहरूको भनाइ छ।
संयुक्त राष्ट्रसङ्घीय बालकोष ९यूनिसेफ० मार्फत् उक्त खोप नेपालमा आउने बताइएको छ। गत असोज १८ गतेदेखि कपिलवस्तु जिल्लाका विभिन्न स्थानमा झाडापखाला र बान्ताका बिरामीहरू देखिन थालेका थिए।
प्रयोगशाला परीक्षणका क्रममा उनीहरूमा हैजा भएको प्रमाणित भएको थियो। हालसम्म हैजाबाट १,३२९ जना प्रभावित भएको तथा छ मृत्यु भएको सरकारी तथ्याङ्क छ। अझै दुई जनाको उपचार भइरहेको छ। बीबीसी