ग्लास्गो (स्कटल्याण्ड ) । जलवायु सम्मेलन कोप–२६ मा सहभागी विश्वका सयभन्दा बढी देशले बन विना रोक्ने प्रतिवद्धता जनाउको छन् । ती देशका नेताहरुले सन् २०३० भित्र वन विनाश रोक्नेमा सहमत गरेका हुन् ।
स्कटल्यान्डको ग्लास्गोमा आयोजित कोप–२६ मा यसबारे महत्त्वपूर्ण प्रतिबद्धता आएको हो । उक्त प्रतिवद्धता कार्यान्वयनमा ल्याउन खर्च हुने १९ अर्ब डलर सार्वजनिक तथा निजी कोषबाट समाविष्ट हुनेछ ।
जलवायु क्षेत्रका विज्ञहरूले पछिल्लो कदमको स्वागत गर्दै सन् २०१४ मा वन विनाश रोक्न गरिएको एउटा सहमति प्रभावकारी नभएको औंल्याएका छन् । त्यसैले वचनबद्धता सार्वजनिक गरिनुभन्दा पूरा हुनुपर्ने उनीहरूको जोड छ ।