९ बजेपछि देउसीभैलो खेल्न बन्द

काठमाडौँ, १६ कातिक : काठमाडौँ प्रशासनले ९ बजेपछि देउसी र भैलो खेल्नमा रोक लगाएको छ । त्यसअघि खेलिए पनि स्वास्थ्य मापदण्डको ख्याल गर्न र जनजीवनमा असर नपार्न भनेको छ ।
काभिड–१९ को सङ्क्रमण कायमै रहेको जनाउँदै काठमाडौँ प्रशासनले सभ्य, सुरक्षित, मर्यादित र शान्तिपूर्ण रुपमा भिडभाड नगरी पर्व मनाउन अनुरोध गरेको हो । काठमाडौँ प्रशासनद्धारा आज जारी सूचनामा तोकिए भन्दा विपरित काम गरेको पाइएमा कारवाही गर्ने चेतावनी दिइएको छ ।
प्रशासनले स्वास्थ्यको मापदण्ड पूर्ण पालना गरी पुजापाठ गर्न, पटका, आतिसबाजी जस्ता प्रज्वलनशिल एवं विष्फोटक पदार्थ उत्पादन, ओसारपसार, विक्री तथा प्रयोग नगर्न, मापद पदार्थ तथा नशालु पदार्थ सेवान गरी सार्वजनिक स्थानमा होहल्ला गरी तथा शान्ति सुरक्षामा खलल नगर्न भनेको छ ।

IME Remittance