प्रधानन्यायाधीशले राजीनामा नदिए आन्दोलन गर्ने नेपाल बारको निर्णय

काठमाडौँ — नेपाल बार एसोसिएसनले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले राजीनामा नदिए देशैभर आन्दोलन गर्ने निर्णय गरेको छ ।

नेपाल बारको सल्लाहकार समिति र कार्यसमितिको बसेको संयुक्त बैठकले प्रधानन्यायाधीश जबरालाई राजीनामा दिन आह्वान गर्दै उनले राजीनामा नदिएमा देशभरका बार इकाईमार्फत आन्दोलन घोषणा गर्न बाध्य हुने निर्णय गरेको हो ।

ुसम्माननीय प्रधानन्यायाधीशज्यू निरन्तर रुपमा एक पछि अर्को विवादमा तानिनु भएको र त्यस्तो विवादले समय न्यायपालिकाको प्रतिष्ठा र गरिमामा गम्भीर आँच आई स्वतन्त्र न्यायपालिकाप्रति नै गम्भीर प्रश्न उठेकोले अब उप्रान्त उहाँबाट संवैधानिक दायित्व पूरा हुन नसक्ने र यस विषम र विकराल परिस्थितिलाई समाधान गरी सबैको विश्वास जितेर समस्या समाधान गर्न असफल र असक्षम भई सक्नु भएकोले वर्तमान गतिरोधको अन्त्य गरी सहज निकास दिन सम्माननीय प्रधानन्यायाधीश श्री चोलेन्द्र शम्शेर जबराज्यूले अविलम्ब राजीनामा दिई मार्ग प्रशस्त गर्नु नै उपयुक्त हुन्छ,ु नेपाल बारको ठहर छ । कान्तिपुर