काठमडौँ, ९ कातिक । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जवरालाई पद त्या गगर्न चौतफी दबाब परेको छ ।
सहकर्मी न्यायाधीसहरु समेत उहाँले बोलाएको इजलासमा बसेनन् । विभिन्न क्षेत्रमा मोलमोलाई र सौदाबाजी गरेका ेआरोप उहाँलाई जागेको छ । यसअघि सर्वाेच्च बार तथा अन्य कानूनका विज्ञहरुले राजीनामा दिएर मार्गप्रसस्त गर्न भनिसकेका छन् ।
सोमबार जबराले १३ न्यायाधीशलाई सातवटा इजलास तोकेकोमा उनीहरू अदालत गए पनि इजलासमा बसेनन् । बरु साढे ११ बजेपछि आपसी छलफलमा जुटे । छलफलमा उनीहरूले मंगलबार प्रधानन्यायाधीशलाई भेटेर निकास दिन आग्रह गर्ने निर्णय गरेका छन् । सर्वोच्च अदालतका न्यायाधीशहरूले सिधै इजलास बहिष्कारको घोषणा त गरिसकेका छैनन् तर अभ्यासमा भने उनीहरूले इजलास बहिष्कार गरेसरहको प्रभाव देखिन थालिसकेको छ ।
चार जना पूर्वप्रधानन्यायाधीशहरू मीनबहादुर रायमाझी, अनुपराज शर्मा, कल्याण श्रेष्ठ र सुशीला कार्कीले पनि प्रधानन्यायाधीश जबरालाई बहिर्गमनको बाटो रोज्न आग्रह गरेका छन् ।
त्यसैले न्यायपालिकामा पनि अहिले संकट पैदा भएको छ । सर्वत्र विरोधले प्रधानन्यायाधीशलाई अफ्ठेरोमा पारेको छ ।