नेपाल साफ गेमको फाइनलमा भारतसँग पराजित

माल्दिभ्स , ३१ असोज । नेपाल साफ च्याम्पियनसिप २०२१ को फाइनलमा भारतसँग ३–० ले पराजित भएको छ ।

पहिलो फक फाइनलमा पुगेको नेपालका लागि अन्तिम खेलमा खेलाडीले जित उपहार दिन सकेनन् । पहिलो हाफको गोलरहित बराबरीपछि भारतले एक मिनेटको अन्तरमा दुई गोल गरेको थियो । यससँगै नेपाल उप विजेतामै चित्त बुझाउनुपर्यो ।

भारतको साफ च्याम्पियनसिपको उपाधि यो सहित आठौं हो । अहिलेसम्मका १३ संस्करणमध्ये भारतले एक अवसरमा छाडेर सबैमा फाइनल खेलेको छ । दक्षिण एसियाली फुटबलको महाशक्ति रहेको भारत नेपालविरुद्धको खेलमा पनि पूर्णत हाबी रह्यो ।

वर्षाबीच चलेको खेलको पहिलो गोल सुनील क्षेत्रीले ४९ औं मिनेटमा गरे । नेपालविरुद्ध सुरेश सिंहले ५० औं मिनेटमा दोस्रो गोल थपे । खेलको ९० औं मिनेटमा सब्स्टिच्युट साह अल्दुलले तेस्रो गोल गरे ।

IME Remittance