साफको इतिहासमा पहिलोपटक फाइनल पुगेको नेपालले आज भारतको सामना गर्ने

नेपाल र भारत आज साफ च्याम्पियनसिपको फाइनलमा भिड्दैछन् । माल्दिभ्सको राष्ट्रिय फुटबल रंगशालामा राति ८ बजेर ४५ मिनेटमा फाइनल खेल सुरु हुनेछ । दक्षिण एसियाली फुटबल (साफ) को आयोजनामा हुँदै आएको च्याम्पियनसिपमा नेपालले भने अहिलेसम्म उपाधि जित्न सकेको छैन। माल्दिभ्समा जारी १३औं संस्करणमा भने नेपालका सामु इतिहास रच्ने अवसर आएको छ। साफ च्याम्पियनसिपको इतिहासमा पहिलो पटक फाइनल पुगेको नेपालले आज राति माल्दिभ्सको राजधानी मालेमा भारतविरुद्ध उपाधिका लागि खेल्दैछ।

भारतविरुद्ध मैदान उत्रँदा नेपाललाई स्वभाविक रुपमा दबाबमा हुनेछ।नेपालले माल्दिभ्सको नेसनल स्टेडियममा हुने खेलमा भारतलाई हराउँछ भने त्यो आफ्नो फुटबल इतिहासकै सबैभन्दा ठूलो सफलता सावित हुनेछ ।नेपालले साफ च्याम्पियनसिप २०२१ को पूर्व सन्ध्यामा आयोजित प्रि–म्याच कन्फ्रेन्समा सहायक प्रशीक्षक किरण श्रेष्ठले भारतविरुद्ध नेपाली टिमले बलियो चुनौती  गर्ने दाबी गरे । नेपाल लिग चरणको खेलमा भारतसँग पराजित भएको थियो ।

IME Remittance