मन्त्रिपरिषद्ले पायो पूर्णता

प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषदलाई पूर्णता दिएका छन् । प्रधानमन्त्री देउवाले तीन महिनापछि आज मन्त्रिमण्डलले पूर्णता पाएको हो । शुक्रबार देउवाले मन्त्रिपरिषद विस्तार गरेर सपथका लागि राष्ट्रपति कार्यालयमा सिफारिस पठाएपछि राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद् पुनर्गठन गरेकी हुन् । नवनियुक्त मन्त्रीहरुले आजै पदभार ग्रहण गरे ।

प्रधानमन्त्री शेरबहादुर देउवाले काँग्रेससहित माओवादी केन्द्र, जसपा, एकीकृत समाजवादीलाई समेटेर मन्त्रिपरिषद् बनाएका हुन्  ।माओवादीबाट आज शशि श्रेष्ठ, देवेन्द्र पौडेल, महेश्वर गहतराज र बोधमायाकुमारी यादव मन्त्री बनेका छन् । एकीकृत समाजवादीबाट विरोध खतिवडाको नेतृत्वमा रामकुमारी झाँक्री, प्रेमबहादुर आले र कृष्णकुमार (किसान) श्रेष्ठलाई सरकारमा पठाइएको छ । जनता समाजवादीबाट रेणु यादव ,राजेन्द्र श्रेष्ठ ,रामसहाय यादव ,महेन्द्र राय यादव मन्त्री बनेका छन्

कसलाई कुन मन्त्रालय ?

कांग्रेसबाट
बालकृष्ण खाँण – गृह मन्त्रालय
नारायण खड्का –परराष्ट्र मन्त्रालय
ज्ञानेन्द्रबहादुर कार्की –सञ्चार, सूचना तथा प्रविधि
दिलेन्द्र बडु– कानुन न्याय तथा संसदीय मामिला
उमा रेग्मी–महिला बालबालिका तथा ज्येष्ठ नागरिक–
मिनेन्द्र रिजाल–रक्षा मन्त्रालय
उमाकान्त चौधरी– खानेपानी मन्त्रालय
गजेन्द्र हमाल– उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय

माओवादी केन्द्रबाट
अर्थ मन्त्रालय – जनार्दन शर्मा
शिक्षा विज्ञान तथा प्रविधि– देवेन्द्र पौडेल
ऊर्जा मन्त्रालय – पम्फा भुसाल
भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण– शशि श्रेष्ठ
युवा तथा खेलकुद मन्त्रालय– महेश्वर गहतराज

जनता समाजवादीबाट
भौतिक पूर्वाधार तथा यातायात – रेणु यादव
संघीय मामिला तथा सामान्य प्रशासन– राजेन्द्र श्रेष्ठ
वन तथा वातावरण– रामसहाय यादव
कृषि तथा पशुपन्छी विकास– महेन्द्र राय यादव

एकीकृत समाजवादीबाट
संस्कृति पर्यटन तथा नागरिक उड्डयन–प्रेम आले
श्रम रोजगार तथा सामाजिक सुरक्षा– कृष्णकुमार श्रेष्ठ (किसान)
सहरी विकास मन्त्रालय– रामकुमारी झाक्री
स्वास्थ्य तथा जनसंख्या– विरोध खतिवडा
स्वास्थ्य राज्यमन्त्री – भवानीप्रसाद खापुङ

IME Remittance