चाडपर्व नजिकिदै जाँदा बढ्याे महङ्गी

काठमाडौँ २१, असोज ।चाडपर्व नजिकिएसँगै  चहलपल बढेको छ । बजारमा यतिबेला खाद्यान्न लगायतका दैनिक उपभोग्य वस्तुको अभावसँगै महङ्गी बढेको छ ।बजारमा दाल, चामल, तेल लगायतका अत्यावश्यक खाद्यान्नको मूल्य बढाइएको छ । बजारमा यतिबेला खाद्यान्न लगायतका दैनिक उपभोग्य वस्तुको अभावसँगै महङ्गी बढेको हाे ।

भिडभाडकैबीच व्यापारीहरूले उपभोक्ताहरूसँग दोब्बर–तेब्बर मूल्य लिइरहेका छन् ।माग अनुसारको आपुर्ती हुन नसकेको भन्दै बिचौलीया र व्यापारीको मिलेमतोमा मुल्य दोब्बर बढाइएको छ। चाडपर्वको मौका छोपेर गरीएको मुल्य बृद्धिले आम सर्वसाधारण मर्कामा परेका छन्।बजार अनुगमन नहुँदा व्यापारीले आफूखुसी मूल्यमा खाद्य वस्तु बिक्री गर्ने गरेको उपभोक्ताको गुनासो छ ।

IME Remittance