अफगानिस्तान । अफगानिस्तानमा महिला अधिकार रक्षाका लागि उनीहरू अग्रदूत थिए। सीमान्तकृत महिलाहरूलाई न्याय दिलाउने सवालमा उनीहरू कानुनका कट्टर पालक पनि थिए।
तर अफगानिस्तानका २२० जना महिला न्यायाधीशहरू अहिले तालिबानले आफूहरूमाथि बदला लिने डरले लुकेर बसिरहेका छन्।
सुरक्षाका कारण उनीहरूको नाम परिवर्तन गरिएको छ। न्यायाधीशको रूपमा आफ्नो कार्यकालमा मासुमाले सयौँ पुरुषहरूलाई बलात्कार, हत्या र यातना महिलाविरुद्ध हुने हिंसाका अपराधमा दोषी ठहर गरिन्।
तर जब तालिबानले उनको सहर नियन्त्रणमा लियो, दोषी ठहर हजारौँ जेलबाट छुटे। उनलाई ज्यान मार्ने धम्की आउन सुरु भयो।
उनको मोबाइलमा एसएमएस, भ्वाइस म्यासेज र नचिनेका नम्बरहरूबाट आउने फोनहरूको ओइरो लाग्यो। एक अनुसन्धानले कम्तीमा २२० जना महिला न्यायाधीशहरू अफगानिस्तानमा लुकेर बसिरहेको थाहा लागेको छ।
तीमध्ये छ जनाले तालिबान शासनपछि एकै प्रकारका धम्कीहरू खेपिरहेका थिए।
चार जनालाई श्रीमती मारेको अभियोगमा जेल सजाय तोकिएका व्यक्तिहरू नै जेलबाट छुटेर धम्की दिइरहेका थिए।