जनकलाकार दलबहादुर बिक लाई कला उपहारले सम्मान

नेपाली सामुदायिक संचार माध्यम नेपलिज अस्ट्रेलियनले जनकलाकार दलबहादुर बिक लाई कला उपहारले  सम्मान गरेकाे छ ।अस्ट्रेलियाबासी  शुभचिन्तकहरुले उनलाई स्वोर्निम युग फाउन्डेसन मार्फत रू ५२००० नेपाली रूपयाँ प्रदान गरेका हुन ।

नेपालमा  जनता जगाउन गीत संगीत मार्फत खटेबापत बि.क ले  चर्को यातना पाएका थिए । नेपाली जनसंगितकाे अाकाशमा उनले पुर्याएकाे याेगदानकाे कदर गर्दै याे पुरस्कार प्रदान गरेकाे बताइएकाे छ ।

कलाकार दलबहादुर बि क लाइ सहयोग गर्न जनगायक जीवन शर्माले  यो अभियान सुरु गरेका हुन् । अस्ट्रेलियाबासी आफ्ना शुभचिन्तकहरुले उनलाई प्रदान गरेको उपहार  मध्येबाट केहि  रकम राखेर उनले सुरु गरेका हुन ।

IME Remittance