१२ असोज, काठमाडौं । चिनियाँ विदेशमन्त्री वाङ यिले नेपालका नवनियुक्त परराष्ट्र मन्त्री नारायण खड्कालाई बधाई सन्देश पठाएका दिँदै दुई पक्षीय सम्बन्धमा नयाँ प्रगति प्राप्त गर्नका लागि नेपाली समकक्षीसँग मिलेर काम गर्न इच्छुक रहेको बताउनुभएको छ ।
काठमाडौंस्थित चिनियाँ दूतावासका अनुसार वाङ बधाई सन्देश जारी गरी उक्त कुरा बताउनुभएको हो ।
यसअघि भारतीय विदेशमन्त्री एसजयशंकरले खड्कालाई बधाई सन्देश पठाएका थिए । एस जयशंकर र खड्का बीचमा अमेरिकाको न्यूयोर्कमा भेटघाटसमेत भएको थियो ।