कपनको ढलमा हराएका बालकको शव ललितपुरमा भेटियो

कपनको मिलनचोकबाट ढलमा खसेर बेपत्ता भएका १० वर्षका बालक उज्ज्वल विश्वकर्मा मृत फेला परेका छन् । ललितपुरको बागमती गाउँपालिका–१ स्थित घुसेलमा उनको शव भेटिएको छ ।महानगरीय प्रहरी परिसर टेकुका प्रवक्ता एसपी रमेशकुमार बस्नेतका अनुसार ललितपुरको बागमती गाउँपालिका १ स्थित धुसेलमा बालकको शव भेटिएको हो ।

आइतबार बिहान बागमती खोलाको छेउमा बालकको शव फेलापरेको हो। मंगलबार कपनमा ढलले बगाएर १० वर्षीय उज्वल विश्वकर्म बेपत्ता भएका थिए। आइतबार फेला परेको शव तिनै बालकको भएको परिवारले जनाएका छन् ।

खोला किनारमा बालकको शव भेटिएपछि प्रहरीले कपनमा बगाएको बालकको अभिभावकलाई बागमती किनारमा लगेर शवको सनाखत गरेको हो । फेला परेको बालकको शवको सनाखत भएपछि पोस्टमार्टमका लागि पाटन अस्पताल ल्याउने तयारी भएको छ । घुसेल ललितपुरको दुर्गम ठाउँ हो । बागमती नदी  किनाराबाट मुल सडक सम्म शव ल्याउन करिब २ घण्टा पैदल हिँड्नुपर्छ ।​ उज्ज्वलको अनुहार चिन्न नसकिने अवस्थामा छ ।

IME Remittance